site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
अस्पतालमा अश्रुग्यास ! 
Sarbottam CementSarbottam Cement

मृतकका आफन्त र प्रहरीबीचको भिडन्तमा चितवन मेडिकल कलेजका सयौं बिरामीले अश्रुग्यासको मार सहनु परेको छ । अस्पतालमा बिरामीको मृत्यु भएको कारण बेलाबखत चिकित्सकको लापरबाही पनि हुनपुग्छ । मृतकका आफन्तलाई चिकित्सकको हेलचेक्य्राइँका कारण बिरामीको मृत्यु भएको शंका लागेपछि उनीहरू आक्रोशित हुनपुग्छन् । तिनले अस्पतालमा आक्रोश प्रकट गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्छ । धेरैजसो प्रहरीको हस्तक्षेपमा बढी बल प्रयोग हुन्छ । अस्पताल परिसरमा समेत प्रहरी अश्रुग्यासजस्ता व्यापक असर हुने साधन प्रयोग गर्न हिचकिचाउने गरेको छैन । चितवन मेडिकल कलेजका बिरामीहरू प्रहरीको यही संवेदनहीन प्रवृत्तिको मारमा परेका हुन् । 

पक्कै पनि, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुन लाग्यो भने त्यसलाई  जोगाउन प्रहरीले आवश्यकताअनुसार बल प्रयोग गर्नुपर्छ । तर, त्यस्तो अवस्थामा अस्पतालका बिरामीलाई असर नपरोस् भनेर प्रहरी सजग हुनुपर्थ्यो । सामान्य अवस्थामा रहेको बिरामीको अस्पतालमा एकाएक मृत्यु हुँदा बिरामीका आफन्त व्याकुल र आक्रोशित हुनु स्वाभाविकै हो । उनीहरूसँग संवाद गर्ने र सान्त्वना दिने कार्य अस्पताल व्यवस्थापनको हो । सामान्यतः बिरामीका आफन्त चिकित्सकविरुद्ध आक्रामक हुने र अस्पताल प्रशासनले आफ्नो गल्ती नै नभएको जिद्दी गर्ने गरेको देखिन्छ । यही प्रवृत्तिले अन्ततः भिडन्त र यदाकदा अत्यन्त दुःखद घटनासमेत हुनपुग्छ । चितवन मेडिकल कलेजको घटना पनि अपवाद बन्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो अवस्थामा अस्पताल व्यवस्थापनले भने चिकित्सकको गल्ती ढाकछोप गर्न बढी ध्यान दिएको देखिन्छ । व्यवस्थापनले चिकित्सकको गल्त ढाकछोप गर्न थालेको देखेपछि सरोकारवाला पक्ष आक्रोशित र उग्र हुनपुग्छ । चितवन मेडिकल कलेजको घटना पनि त्यसै हो उदाहरण हो । तर, चिकित्सकमाथि आरोप लागेपछि मेडिकल काउन्सिल र सरकारको सम्बन्धित निकायले गम्भीरतापूर्वक छानबिन गरी उचित कानुनी कारबाही गर्ने परम्परा स्थापित हुँदो हो त चितवन मेडिकल कलेजकोजस्तो घटना बिरलै हुन्थ्यो । यसैगरी, प्रहरीले पनि कर्तव्य सम्पादनका क्रममा आवश्यकताभन्दा बढी बल प्रयोग गर्नु हुँदैनथ्यो । बिरामीका आफन्तले पनि सभ्यरूपमा शान्तिपूर्ण दबाब दिनसक्नुपर्थ्यो । प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था उत्पन्न गराउनु हुँदैनथ्यो । अस्पताल प्रशासन, प्रहरी र मृतकका आफन्तका कारण चितवन मेडिकल कलेजका बिरामीका साथै बूढापाका, बालबालिका, गर्भवती महिलाहरूलगायतले विनाअपराध अश्रुग्याससमेत सहनु परेको न ! 

चितवन मेडिकल कलेजको घटनामा यसरी हेर्दा मेडिकल कलेज व्यवस्थापन, प्रहरी र बिरामीका आफन्त तीनै पक्षको ज्यादती र हठ दोषी देखिन्छ । यसैले सरकारले फेरि यस्तो मुठभेडको अवस्था उत्पन्न हुनै विशेष सावधान हुनुजरुरी छ । यस्तो अराजकता सँधैका लागि अन्त्य गर्न सरकारले यस घटनाबाट पाठ सिकोस् । घटनाको छानबिनका लागि माथिल्लो तहबाटै समिति बनाउनु उचित हुनेछ । त्यसमा मृतकका आफन्तको पनि सहभागिता हुनसक्छ । प्रहरीले अरू बिरामीलाई असर पर्नेगरी अश्रुग्यास हान्ने गल्ती गरेकाले त्यसलाई स्वीकार गरेर आयन्दा यस्तो त्रुटि दोहोरिन नदिने प्रण गर्नुपर्छ । परन्तु, सबैभन्दा पहिले अस्पताल व्यवस्थापनले घटनालाई सम्बोधन गर्ने कौशल देखाउनुपर्छ । अस्पतालमा अश्रुग्यासको प्रयोग अत्यन्त असह्य र आपत्तिजनक अभ्यास हो । नेपाल प्रहरीले अब कतै पनि यस्तो अस्त्रको प्रयोग नगरोस् । चिकित्सकले पनि लापरबाही गर्दैनन् भन्ने जनविश्वास कमाउन सक्नुपर्छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC