site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जति सक्रिय मस्तिष्क त्यति छोटो जीवनआयु !
Sarbottam CementSarbottam Cement

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । 

जस्तै कतिपय व्यक्तिमा हुने वंशाणुगत समस्या नियन्त्रणको बाहिरको कुरा हो तर धेरै अवस्थामा जीवनआयु हाम्रो वातावरण र जीवनशैलीमा भर पर्छ जसलाई हामीले चाहेमा परिवर्तन गर्न सक्छौँ । 

यसैबीच जर्नल ‘नेचर’ मा प्रकाशित नयाँ अध्ययनले मानिसको जीवनआयु निर्धारण गर्ने फरक कारक पत्ता लगाएको छ । अन्ुसन्धानका अनुसार हाम्रो शरीरमा अत्याधिक न्युरल गतिविधि अर्थात मस्तिष्क सम्बन्धी क्रियाकलाप, छोटो जीवन आयुसँग सम्बन्धित छ भने त्यही अतिरिक्त क्रियाकलापलाई दबाएर राखेमा जीवन आयु केही लामो हुन सक्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी यो निष्कर्ष मृत्युबाट जोगिने स्प्ष्ट उपाय नभए पनि यसले औषधि वा व्यवहारिक परिवर्तन जस्तै ध्यान, योग मार्फत मष्तिष्कको गतिविधि कम गरि बुढेसकालका असर कम गर्न सकिने संकेत दिएको छ । 

यसरी हाम्रो स्नायु प्रणालीको क्रियाकलाप र जीवनआयु एकअर्कासँग सम्बन्धित रहेकाबारे पहिले पनि अनुमान लगाइएको थियो । किनकि मस्तिष्क नियन्त्रण गर्ने मेकानिजमको हाम्रो पाचन प्रणालीसँग पनि नजिकी सम्बन्ध हुने गरेको डाक्टर ब्रुस यांकर बताउँछन् जो हाभर्ड मेडिकल स्कुलका जेनेटिक्स र न्युरोलोजी प्रोफेसर हुन् । 
तर थोरै मस्तिष्क क्रियाकलापले पनि मानिसको जीवनआयुलाई प्रभाव पार्ने कुराले भने उनी अचम्मित परेका हुन् । किनभने यसअघि वैज्ञानिकहरुले सक्रिय दिमागले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विस्वास गरेका थिए । 

Global Ime bank

यस्तोमा उनी र उनका सहकर्मीहरुले विभिन्न उमेर समुहका सर्यौँ मृतकहरुको दिमागी टिस्यु परीक्षण गरेका हुन् । 

जसपछि नै उनीहरुले ७० देखि ८० वर्ष उमेरमा मृत्यु भएकाहरुको तुलनामा ९० देखि १०० वर्षका मृतकको  टिस्युमा कम न्युरल क्रियाकलाप पत्ता लगाएका हुन् ।  यसरी जिन र बुढेस्काल सम्बन्धी अनुसन्धान गर्दा प्रायः वैज्ञानिकहरुले किरामा परीक्षण गर्ने गर्छन् जसको जीवनआयु छोटो हुनेहुँदा अध्ययन धेरै सहज हुन्छ । 

यस क्रममा उनीहरुले तिनको न्युरल क्रियाकलाप उमेरसँगै बढ्दै जाने गरेको पाएका हुन् । यसपछि अध्ययकर्ताले ती न्युरल गतिविधिलाई शान्त पार्ने औषधि दिँदा अन्यको तुलनामा तिनीहरु लामो समय बाँचेको पनि पाए तर अर्कोतर्फ न्युरल क्रियाकलापलाई बढावा दिँदा भने उनीहरु छिटै मर्ने गरेको पत्ता लगाए । यांकर भन्छन्, “हामीले मुसामा अनुसन्धान गर्दा पनि यही नतिजा प्राप्त भयो । त्यसैले मानसिक गतिविधिको असर वास्तवमै महत्वपूर्ण हुन सक्ने थाहा भएको हो ।” 

यसपछि उनीहरुले न्युरल क्रियाकलाप निर्देशन गर्ने ‘सिइओ प्रोटिन’ पत्ता लगाउने प्रयास गरे । 

यसमा कम्प्युटर अल्गोरिदमको प्रयोग गरेर हेर्दा उनीहरुले ‘आर.इ.एस.टी’ नामक प्रोटिन फेला पारेका हुन् जसलाई यांकरको ल्याबले नै डिमेन्टियाबाट बचाउन सक्ने तत्वका रुपमा साबित गरेको थियो । उनले थप व्याख्या गर्दै भने, “जब हामीले त्यो प्रोटिन किरालाई दियौँ, त्यसको स्नायु प्रणाली कम सक्रिय भयो र त्यो लामो समय बाँच्यो । यसपछि त्यसको विपरित प्रक्रिया अपनाउँदा चाािहँ बढी सक्रियतासँगै किराको जीवनआयु घटेको हो ।” 

त्यसैले यो खोज पश्चात् आरइएसटी, अल्जाइमर लगायतका न्युरो सम्बन्धी रोगहरु विरुद्ध उपयुक्त उपचार हुन सक्ने यांकरको निस्कर्ष छ । किनकी यसअघिका अनुसन्धानमा अल्जाइमरका बिरामीमा न्युरल क्रियाकलाप अधिक मात्रामा हुने गरेको पाइएको थियो जहाँबाटै यो रोग उत्पति हुन्छ । 
यसरी वास्तविक जीवनमा आवश्यक कार्यलाई संरक्षित गर्दै अत्याधिक मस्तिष्क गतिविधिलाई दबाउनेबीच सन्तुलन राख्न धेरै कठिन छ तर असम्भव नभएको यांकरले दाबी गरेका हुन् । यस्तोमा योगा र ध्यान जस्ता व्यवहारिक शैलीले दिमागको न्युरल क्रियाकलापलाई कम गरि सम्भावित रुपमा जीवनआयु बढाउन सकिने बताइएको हो ।– टाइमबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC