site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बैंकक युनिभर्सिटीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा बैंकक युनिभर्सिटी थाइल्यान्डलाई पराजित गरेको छ ।
 
पहिलो पटक वैदेशिक प्रशिक्षणमा रहेको महिला टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा बैंकक युनिभर्सिटी थाइल्यान्डलाई ३-१ को सेटमा पराजित गरेको हो । 

एफआइभीवी सेन्टरमा भएको खेलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक दोस्रो सेट २४-२६ ले गुमाए पनि नेपालले तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो सेट २५-१६ ले जितेको नेपालले चौथो सेट २५-१९ ले जितेको थियो । नेपाली टोलीले यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जरानसानिवोङ युलाई ३-१ को सेटमा हराएको थियो । 

२२ दिने प्रशिक्षणमा लागि थाइल्यान्ड रहेको नेपाली टोलीले अब मंगलबार थाइल्याण्डको यू-२१ टोलीसँग मैत्रीपुर्ण खेल खेल्नेछ । यस्तै बिहिबार जापानको यू-२३ टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

Global Ime bank

स्वदेश फर्किएपछि नेपाली टोलीले बंगलादेशमा आयोजना हुन लागेको सेन्ट्रल जोन भलिबल च्याम्पीयन्सीपमा सहभागिता जनाउनेछ । सेन्ट्रलजोनपछि टोलीले घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) खेल्नेछ । दुबै प्रतियोगिताको तयारीका लागि टोलीलाई बैदेशिक प्रशिक्षणमा पठाइएको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC