site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल चेम्बर र पीएचडी चेम्बरबीच नयाँदिल्लीमा छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारत भ्रमणको अवसरमा नयाँ दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्विपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरुबीच सहकार्य गराउनुपर्ने, व्यापार मेला–प्रदर्शनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा भारतिय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरेका छन् ।

साथै दुई मुलुकबीच प्राविधिक सीप एंव दक्षताको आदान प्रदान हुनुपर्नेमा जोड दिँदै यसबाट लगानी अभिवृद्धि भई सुखि नेपाली समृद्ध नेपालको सपना साकार हुने विश्वास व्यक्त गरे  । साथै पर्यटन प्रवर्द्धनको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरु रहेको बताए । 

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पुर्याउने बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC