site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिबियाली सामुद्रिक क्षेत्रबाट १४८ आप्रवासी उद्धार
Ghorahi CementGhorahi Cement

त्रिपोली । लिबियाली सामुद्रिक क्षेत्रबाट सहयोगमा १४८ जना आप्रबासीलाई उद्धार गरिएको लिबियाली नौसेनाले शनिबार बताएको छ । उद्धार गरिएका आप्रबासी सबै अरब तथा अफ्रिकी मुलुकबाट भूमध्यसागरीय मार्ग हुँदै यूरोप तथा अमेरिका जान हिँडेका बताइएको छ ।

“सामुद्रिक क्षेत्रबाट आप्रबासी शरणार्थीले सहयोगका लागि गरेको आपतकालीन याचनापछि सामुद्रिक गार्डहरूले तीन ओटा डुङ्गामा सवार उनीहरूको खोजीगरी लिबियाको पश्चिमी क्षेत्र अबु काम्मास र साब्रथा शहर नजिकैबाट उद्धार गरेका हुन्,” लिबियाली नौसेनाका प्रवक्ता अयोब कासेमले सिन्ह्वालाई बताउनुभयो । डुङ्गाको भारवहन क्षमताभन्दा बढी आप्रबासीलाई कोचेर खतरनाक सामुद्रिक मार्ग हुँदै यूरोप लाने क्रममा उनीहरूलाई उद्धार गरिएको हो ।

Agni Group

उद्धार गरिएका आप्रबासीमध्ये १५ जना महिला र ११ बालबालिका रहेका उनले बताए । उनीहरूलाई मानवीय सहयोग र औषधीसहित लिबियाली गैरकानूनी आप्रबासी नियन्त्रण विभागलाई बुझाइएको प्रवक्ता कासेमले बताए । 

लिबियाली नौसेनाका अनुसार उसले लिबियाबाट करिब सात हजार आप्रबासीलाई यस बर्ष उद्धार गरी आवश्यक कारबाहीका लागि विभागलाई बुझाएको छ ।

Global Ime bank

लिबियामा सन् २०११ मा भएको जनआन्दोलनले तत्कालिन शासक मुअम्बर गद्दाफीलाई अपदस्थ गरेपछिको सङ्क्रमणकालीन असुरक्षा र अस्तव्यस्तताका कारण यूरोप जाने लिबियालीको सङ्ख्या उल्लेख्य रहेको छ ।

 संयुक्त राष्ट्रसङ्घ शरणार्थीमामिला हेर्ने उच्च आयोग (यूएनएचसीआर) ले आप्रबासीले लिबिया तथा अरब तथा अफ्रिकी मुलुकबाट लिबिया हुँदै यूरोप गन्तब्य बनाउने गरेको तर उक्त मार्ग यात्राका लागि असुरक्षित रहेको र यसलाई प्रयोग नगर्न जोड दिँदै आएको छ । तर बर्षेनी हजारौँ आप्रबासीले उक्त मार्गको प्रयोग गरी यूरोप छिर्ने गरेका छन् । - सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ०३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC