site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक दुर्घटनाको क्षति न्यूनीकरणका लागि नमूना अभ्यास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित सप्ताहव्यापी विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत आज पोखरामा सडक दुर्घटना उद्धार नमूना अभ्यास गरिएको छ ।
    
ठूलै जनधनको क्षति हुने गरी सडक दुर्घटना भएमा सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि गरिने उद्धार कार्यको पूर्वअभ्यास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
    
नमूना अभ्यासमा नेपाल प्रहरीलगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीसमेतले सहभागिता जनाउँदै दुर्घटनाका समयमा आ–आफ्ना तवरबाट निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरेका थिए । 
    
नमूना अभ्यास अवलोकनका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विपद् जुनसूकै समयमा पनि आइपर्नसक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनका लागि आवश्यक स्रोत साधनसहित मानसिक र शारीरिकरुपमा तयार रहन आग्रह गरे ।
    
गण्डकी प्रदेश नेपाल प्रहरीको उद्धार समूहलाई आवश्यकपर्ने उपकरणको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले प्रहरी कर्मचारीको मनोबल वृद्धि गराउन आवश्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने बताए । 
    
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यसअघि गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमूना प्रदर्शन, नेपाली सेना पश्चिम पृतना पोखराको टोलीले पोखराको नयाँ बजारस्थित अग्नि नियन्त्रण नमूना अभ्यास प्रदर्शनका साथै सशस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराले ताल तलैयामा डुबेका व्यक्तिको खोजी तथा उद्धार नमूना प्रदर्शन गरिसकिएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC