site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले ५० सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताएको छ । 

चार दिनअघि कञ्चनपुर आइपुगेको टोलीले बन्द अवस्थामा रहेको विमानस्थलको स्थलगत प्रतिवेदन तयारी गरी आज यहाँ पत्रकार सम्मेलन गरी सो निचोड सार्वजनिक गरेको हो । टोलीका प्रमुख रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीका ईन्जिनियर गुरुदत्त अधिकारीले मझगाउँ विमानस्थलमा जहाज सञ्चालन गर्दा समस्या नहुने बताए । “पचास सिट भन्दा बढी क्षमताको जहाज चलाउन थप केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ”, उनले भने । विमानस्थलसँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई असर पर्ने वा नपर्ने विषयमा पनि सो टोलीले अध्ययन गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निकुञ्जका वन्यजन्तुलाई प्रभाव पर्ने विषयमा आवश्यक छलफल गर्नुपर्नेमा उनले जोड दिए । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली यहाँ आएको हो । 

स्थलगत अनुगमन तथा विमानस्थलको अवस्थाबारे टोलीले मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जनाएको छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ÷चौडाइलगायतको प्राविधिक तथा अन्य विषय प्रतिवेदनमा समेटेको छ ।

Global Ime bank

पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले मझगाउँ विमानस्थलको थप एक हजार पाँच सय मिटर जग्गा अधिग्रहण गरेर यहाँ ७२ सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताए । “अहिलेकै रन–वेमा ठूला जहाज अवतरण गर्न समस्या छैन”, उनले भने, “विमानस्थलको मर्मतसम्भार र पूर्वाधार निर्माणमा जोड दिए विमानस्थल चाँडै सञ्चालनमा आउन सक्छ ।” पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, सांसद डा दिपकप्रकाश भट्ट, प्रदेशसभा सदस्य मानबहादुर सुनार र भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टलगायतको सहभागिता थियो ।

विमानस्थल पुनः सञ्चालनका लागि पूर्व जिल्ला वन अधिकृत रमेश चन्दको नेतृत्वको टोलीले लामो समयदेखि दबाब दिँदै आएको छ । विमानस्थल पुनः सञ्चालनका लागि गठित संघर्ष समितिले केही महिनायता विमानस्थल सञ्चालनका लागि स्थानीय तहदेखि सङ्घीय सरकारसम्म दबाब दिँदै आएको छ ।

विमानस्थल संरक्षण एवम सञ्चालनका लागि सहयोग पुगोस् भनेर चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट विनियोजनसमेत गरेको छ । झण्डै ६५ विघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार छ सय ६५ मिटर तथा चौडाइ पाँच सय मिटर रहेको छ । विसं २०५६ देखि विमानस्थल बन्द छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ०२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC