देश
चितवन । तास खेलिरहेको अवस्थामा चितवन प्रहरीले शनिबार साँझ ५६ हजार ७ सय ५० रुपैयाँ नगद सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कालिका नगरपालिका वडा नम्बर ४ पदमपुरस्थित दुखीराम चौधरीको घरमा तास खेलिरहेको अवस्थामा घरधनी सहित ६ जना पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । ,
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६ ०१:०५
प्रतिक्रिया दिनुहोस्