site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेल बाह्रखरी गल्फ आइतबार, खेलाडी र पाहुनाको टोली लुक्लामा
Ghorahi CementGhorahi Cement

काठमाडौं । एनसेल बाह्रखरी गल्फका लागि खेलाडी र पाहुनाको टोली लुक्ला पुगेको छ । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण अन्तरगत आइतबारबाट सुरु हुनेगल्फ प्रतियोगिताका लागि विभिन्न देशबाट आएका पत्रकार तथा खेलाडीको टोली शनिबार लुक्ला पुगेको हो । लुक्ला पुग्न बाँकी प्रमुख अतिथि, केही पत्रकार तथा खेलाडी आइतबार बिहान पुग्नेछन् । 

लुक्ला पुगेका खेलाडी, पत्रकार तथा पाहुनाको टोली हाइकिङ, योगालगायत कार्यक्रममा सहभागी भएको छ । 

Agni Group

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता आइतबार चार हजार दुई सय ५० मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।  

Global Ime bank

“यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउँदा हामी धेरै उत्साहित छौं,” बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले भने, “आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।”

उप–महाप्रबन्धक घिमिरेका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण कोङ्देमा आइतबार हुनेछ, जसमा ४० बढी गल्फरहरुले एक होल खेल्नेछन् । दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब एकसय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथा क्षेत्रको कोङ्दे री मा वान होल गल्फ कोर्स तयार गरिएको छ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता हो । प्रतियोगितालाई संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC