site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।
    
दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहले भाडाकै भवनबाट सेवा दिइरहेका छन् । भाडाका भवन सोचेअनुसारका नपाइने हुनाले सेवाप्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।  विद्यालयको भवन मर्मत गरेर कार्यालय सञ्चालनमा ल्याइएको उनले बताए । भवन अभावमा गाउँपालिकाका सबै विषयगत शाखालाई व्यवस्थित गर्न नसकिएको उनको भनाइ छ । 

यस्तै डिलाशैनी गाउँपालिकाले वडा नं ३ पङसेरामा महादेव माविको भवन मर्मत गरेर सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ । केन्द्र तोकेको ठाउँमा भवन नहुँदा सम्पर्क कार्यालयबाट सेवा दिइरहेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सिगास गाउँपालिकाको केन्द्र गर्जेमा भाडामा समेत भवन नपाउँदा गाउँपालिका आफैँले भवन निर्माण गरिरहेको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिए । एकतला निर्माण गरेर कार्यालय सञ्चालन गरिएको र अर्को तला निर्माणको काम जारी रहेको उनले बताए । 

यस्तै पुरचौडी नगरपालिकामा पनि भवन अभाव छ । भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको जनाइएको छ । पञ्चेश्वर गाउँपालिकामा पनि आफ्नै भवन नहुँदा समस्या रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।  दोगडाकेदार गाउँपालिकाले पनि क्याम्पसको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC