site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
देउवाको आत्मघाती आक्रोश
Sarbottam CementSarbottam Cement

मनोविज्ञानअनुसार व्यक्ति जति डराउँछ उति नै आक्रामक हुँदैजान्छ । नेपालका राजनीतिक नेताहरू धेरैमा यो प्रवृत्ति देखिन्छ । राजनीतिक शक्तिको प्रभाव र पहुँचमा भएका अपराधहरूमा कारबाही सुरु भएपछि त्यस्तै आक्रामक प्रतिक्रिया प्रकट हुन थालेको देखिएको छ । प्रतिनिधि सभाका निलम्वित सदस्य मोहम्मद अफताब आलमलाई १२ वर्ष पहिलेको अपराधको सिलसिलामा अनुसन्धानका लागि प्रहरीले प्रक्राउ गर्नुलाइ आफ्नो पार्टीविरुद्धको ‘षडयन्त्र’ भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिमा पनि सन्त्रास लुकेको हुनुपर्छ । नत्र, त नेपालमा राणाहरूको हुकुमी शासन हटाएर विधिको शासन स्थापना गर्न संठित भएको नेपाली कांग्रेसजस्तो पार्टीको सभापतिले क्रूर नरसंहारको आरोप लागेको व्यक्तिमाथि प्रहरीले थालेको अनुसन्धानमा आफ्नो पार्टीविरुद्ध षड्यन्त्र नदेख्नु पर्ने हो । 

नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै कांग्रेसबाट निर्वाचित आलमको पक्राउलाई ‘षड्यन्त्र’को संज्ञा दिए । उनैको पार्टीका अर्का नेताले त १२ वर्ष पहिलेको क्रूर नरसंहारको समाचार प्रचार प्रसार गरेर सञ्चार माध्यमसमेत नेपाली कांग्रेसविरुद्धको षड्यन्त्रमा लागेको भनेछन् । आलम पक्राउको लगत्तै कांग्रेसका प्रवक्ताले ‘‘अनुसन्धानमार्फत् निर्दोष या दोषी हुने कानुनी प्रक्रियालाई सबैले सघाउनुपर्छ । आफताब आलम पक्राउ प्रकरणमा पनि सत्य यही हो ।’’ भनेर नेपाली कांग्रेसको सैद्धान्तिक परम्पराअनुसारको मान्यता सार्वजनिक गरेका थिए । तर, पार्टी सभापतिले नै ‘षड्यन्त्र’ भनिसकेपछि देउवा सभापति रहुन्जेल कांग्रेसको आधिकारिक धारणा अर्कै हो भन्न मिल्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसका सभापति देउवाले झुक्किएर वा झोंक्किएर नरसंहारको अनुसन्धानका लागि अभियुक्तलाई पक्रनुलाई षड्यन्त्रको संज्ञा दिएका पक्कै हैनन् । तर, उनले भनेजस्तो १२ वर्षपछि पक्रेर अनुसन्धान सुरु गर्नुलाई सिंगो नेपाली समाजमात्र हैन उनैका पार्टीका महामन्त्री, प्रवक्तालगायतले स्वाभाविक ठानेको अभिव्यक्ति सार्वजनिक भएको छ । समाजमा त यस कारबाहीले प्रहरीको र शासन व्यवस्थाकै साख बढाएको छ । यसैले देउवाको आक्रोेशको कारण अरू नै हुनुपर्छ । यसरी नै मानवताविरुद्धका अपराधहरूको अनुसन्धान हुन थाल्यो भने पुराना अपराधका दोषीमाथि पनि कारबाही हुनसक्छ भनेर देउवा बढी तर्सिएका हुनुपर्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै एक अध्यक्ष पुष्पकमल दाहाललाई ‘आन्दोलन’ गर्न मन लाग्नुको कारण पनि देउवाकै जस्तो त्रास हुनसक्छ ।

परन्तु, देउवा र दाहालको आक्रोशबाट प्रधानमन्त्री केपी शर्मा ओली तर्सेनन् भने देश दण्डहीनताको कलंकबाट मुक्त हुनसक्छ । अब कम्तीमा पनि २०६३ वैशाख ११ पछि राजनीतिका नाममा भएका जघन्य अपराधका दोषीमाथि कारबाही सुरु हुनुपर्छ । टीकापुर नरसंहारमाजस्तै गौर नरसंहार, लहान हत्याकाण्डलगायतका मानवताविरुद्धको अपराधका घटनामा तत्कालै छानबिन गरी अपराधीलाई कानुनबमोजिम सजाय दिलाउनुपर्छ । त्यसपछि क्रमशः बाँदरमुढे, दोरम्बा, कोटबाडा जस्ता क्रूर नरसंहारका दोषीले सजाय पाउनुपर्छ । यति गर्न सकेमा नेपालमा विधिको शासन कायम हुने विश्वास बढ्नेछ । मानवताविरुद्धका कुनै अपराधीले पनि उन्मुक्ति नपाऊन् । राम्रो सुरुआतको समर्थन र सराहना गर्न हिचकिचाउनु हुँदैन ।

Global Ime bank

* यसैबीच सभापति देउवाले शनिवार विज्ञप्ति प्रकाशित गर्दै “मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,” भन्दै स्पष्टीकरण दिएका छन् । उनको कथन व्यवहारमा पुष्टि होस् भन्ने कामना गराैँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC