site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
  भेनेजुएला, सुडानसहित १४ राष्ट्र राष्ट्रसंघ मानवअधिकार परिषदको सदस्यमा निर्वाचित
Sarbottam CementSarbottam Cement

न्युयोर्क । भेनेजुएला, सुडान, पोल्यान्डसहित १४ मुलुक संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको सदस्यमा निर्वाचित भएका छन् । संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालय न्योयोर्कमा बिहीबार सम्पन्‍न भएको गोप्य मतदानमा भेनेजुएलासहित १४ मुलुक सदस्यमा निर्वाचित भएका हुन् । (नेपाल सन् २०१७ मा परिषदको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएको थियो ।)

४७ राष्ट्र सम्मिलित परिषदले विश्वभरको मानवअधिकारका प्रबर्द्धनमा भूमिका निर्वाह गर्छ । यो मानवअधिकारप्रतिको प्रतिबद्धता व्यक्त गर्ने फोरम हो ।  संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुमा वर्षमा तीनपटक मानवअधिकारको स्थितिका बारेमा अध्ययन गर्ने गर्छ ।  

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको दुई वटा सिटका लागि भएको निर्वाचनमा भेनेजुएला र ब्राजिल निर्वाचित भएका थिए । त्यसैगरी एसिया प्यासेफिक क्षेत्रको चार सिटका लागि भएको निर्वाचनमा इन्डोनेसिया, इराक, जापान, मार्सल आइल्याण्ड र रिपब्लिक अफ कोरियाले प्रतिस्पर्धा गरेका थिए । जसमा इराक पराजित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वी युरोपका दुई सिटका लागि अर्मेनिया, पोल्याण्ड र मोल्डोभाले प्रतस्पर्धा गरेका थिए । जसमा मोल्डोभा पराजित भएको थियो । 

अफ्रिकाको चार सिटका भएको निर्वाचनमा चारै मुलुकले उमेदवारी दिएका थिए । जसमा लिबिया, मउरिटानिया, नामेबिया र सुडान सर्वसम्मत निर्वाचित भएका हुन् । 

Global Ime bank

पश्चिमी युरोपका दुई सिटमा पनि सर्वसम्मत जर्मनी र नेदरल्याण्ड निर्वाचित भएका हुन् । 

नवनिर्वाचित १४ मुलुकले तीन वर्षका लागि सदस्यता प्राप्त गरेका हुन् । संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमा ४७ मुलुकमात्रै परिषदमा सहभागी हुन पाउँछन् । 

यसपटक अफ्रिकाबाट इजिप्ट, रुवाण्डा, दक्षिण अफ्रिका र ट्युनिसिया बाहिरिएका हुन् । त्यसैगरि एसिया प्यासिफिकबाट चीन, इराक, जापान र साउदी अरेबिया; पूर्वि युरोपबाट क्रोएसिया र हंगेरी; पश्चिमी युरोप र अन्य क्षेत्रबाट आइसल्याण्ड र संयुक्त राज्य बेलायत बाहिरिएका हुन् । 

त्यसैगरी ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट क्युबा बाहिरिने समय आएको छ । उक्त स्थान भेनेजुएलाले लिएको हो । त्यसैगरी ब्राजिलको पनि समय सिद्धिनै लागेको बेला पुन: निर्वाचित भएको हो । 

नवनिर्वाचित मुलुकहरु २०१९ डिसेम्बर ३१ देखि तीन वर्षसम्म जिम्मेवारीमा रहनेछन् । 

परिषद्मा अफ्रिकाबाट १३, एसिया प्यासिफिबाट १३, पूर्वी युरोपबाट ६, पश्चिम युरोपबाट ७, ल्याटिन अमेरिका र क्यारेबियनबाट ८ गरी कुल ४७ सदस्य रहन्छन् । 

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल सन् २०१७ मा भएको निर्वाचनमा एसिया प्यासेफिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएको थियो । 

२०२०, जनवरी १ देखि  जिम्मेवारी बहन गर्ने नयाँ सदस्य मुलुकहरुको सूची 

अफ्रिका क्षेत्र : एंगोला, बुर्किना फासो, क्यामरुन, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इरिट्रिया, लिबिया, माउरिसानीया, नामेबिया, नाइजेरिया, सेनेगल, सोमालिया, सुडान, टोगो 

एसिया प्यासिफक : अफगानिस्तान, बहराइन, बंगलादेश, फिजि, भारत, इन्डोनेसिया, जापान, मार्सल आइल्याण्ड, रिपब्लिक अफ कोरिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, कतार 

पूर्वी यरोप : अर्मेनिया, बुल्गेरिया, चेक रिपब्लिक, पोल्याण्ड, स्लोभाकिया, युक्रेन

ल्याटिन अमेरिका र क्यारेबियन : अर्जेन्टिना, बहमास, ब्राजिल, चिलि, मेक्सिको, पेरु, उरुग्वे, भेनेजुएला

पश्चिमी युरोपबाट : अस्ट्रेलिया, अस्ट्रिया, डेनमार्क, जर्मनी, इटाली, नेदरल्याण्ड र स्पेन 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC