site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
तुलसी ‘श्रवण’ 
       
    १. न त म पार्टीको
    नेता भएँ, 
    न त नागरिक 
    अगुवाको फेता लाएँ 
    न त दादागिरी गर्ने टोले
    गुण्डा भएँ,
    न त कसैको गुनगान गाउने
    अन्ध-भक्त पिछुवा भएँ 
    गणतन्त्रमा त म एक
    ‘नागरिक’ भएँ
    त्यसैले, त्यसैले त म अहिले भोग्दैछु
    र भन्दै छु 
    ‘नागरिक’ मात्र हुँदाको पीडा कति हुन्छ,
    बल्ल थाह पाएँ l  
     
    २. न त मलाई ज्वरो आँउदा, 
    सिटामोलको चक्की खान सकें
    न त श्रीमती सुत्केरी हुँदा
    राम्रो अस्पताल नै लान सकें 
    बिरामीले छोरी थालिंदाको ऋण, 
    न त मैले तिर्न सकें 
    त्यसैले, त्यसैले म भन्छु, 
    जीवनमा हण्डर धेरै खाएँ 
    गणतन्त्रमा नागरिकको पीडा बल्ल थाह पाएँ l 
   
    ३. राजतन्त्र फाल्ने भन्दै 
    किन नारा लाएँ 
‘कमल दाजु’ मन्त्री हुँदा
साह्रै पछुताएँ 
पैसावाला, बाहुबली
सबै ‘तिम्रा’ मित्र 
    कस्तो संस्कार बस्यो मेरो, 
    गणतन्त्र भित्र 
    त्यसैले, त्यसैले म भन्छु, 
    गणतन्त्रमा पनि मैले धोका पाएँ 
    गणतन्त्रमा नागरिकको पीडा बल्ल थाह पाएँ l 
   
    ४. गणतन्त्रका योद्दा माथि
    गोली ठोक्ने लाई
    पुरस्कार देउ, सम्मान गर
    ‘खादा’ माला लगाई 
    जोगाईराख्नु ‘लोकमानलाई’
    ‘अख्तियार’को जिम्मा लगाई 
    गणतन्त्रमा यस्तै गर ‘क्रान्तिकारी’ दाई
राजतन्त्रलाई बिछोड गरि
गणतन्त्रको माया प्रेम, 
झुटो साबित गर्छौ भन्ने 
छैन मलाई कुनै भ्रम
त्यसैले, त्यसैले म भन्छु, 
गणतन्त्रमा हण्डर धेरै खाएँ 
नेतालाई मस्ती 
जनतालाई सास्ती बल्ल थाह पाएँ 
   
५. भ्रष्ट्राचार, घुसखोरी
    काला-बजारिया
       दलालसँग कहिल्यै पनि
       मिल्न सकिन 
    त्यसैले त अकुत धन
    जोड्न सकिन 
    जनता ठगि हप्ता उठाई
    सुटकेस भरि भरि 
    नेता ज्युको पाउ पूजा
    ‘दर्शन’ गरिन
    मैले तिनका खल्ती कहिल्यै
    भर्न सकिन 
    अनि त म तिनका
    लागि जनता परिन 
त्यसैले, त्यसैले म भन्छु
गणतन्त्रमा हण्डर धेरै खाएँ 
नागरिक मात्र हुँदाको पीडा बल्ल थाह पाएँ l 
 
६. राजनीतिक पिडित भनी
बाँड तिनलाई भत्ता
त्यसका लागि गरी रन्छौ
लुछाचुंडी सत्ता 
जनताको पीडा कस्तो हुन्छ
तिमीलाई थाह छैन
अब देखि भोट माग्न
गाउँमा पस्ने हैन 
खबरदार नेता! अब पनि सुध्रेनौ भने
पतनका दिन गने हुन्छ 
जनता अब सचेत भए, 
खराब कर्म त्यागे हुन्छ 
गणतन्त्रमा मैले आज 
बोल्ने छुट पाएको छु
राम्रो के हो खराब के हो 
भन्ने सम्म भएको छु
त्यसैले त्यसैले म भन्छु 
ढिलो चाँडो ‘तिम्लाई’ कारवाही
गर्न सक्ने भएको छु 
त्यसैले त अहिले यहाँ बेथिति नै भएपनि 
गणतन्त्रको पछि लाएको छु 
अनि गणतन्त्रमा ‘नागरिक’ भएको छु l
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC