site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विपद् व्यवस्थापन न्यूनीकरणमा तीनै तहको सरकारको उत्तिकै जिम्मेवारी : गृहमन्त्री थापा
Ghorahi CementGhorahi Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताएका छन् ।

नेपाल भौगर्भिक समाजले शुक्रबार आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उनले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताएका हुन् ।

Agni Group

“विपद् न्यूनीकरणका लागि सरकारी तवरबाट कानूनी र नीतिगत व्यवस्था गरिएको छ, अब आउने विपद् न्यूनीकरण गर्न क्षमता र कौशलको विकास गर्नु जरुरी छ”, उनले भने । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उनको भनाइ थियो । 

गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उनको भनाइ थियो । 

Global Ime bank

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानमा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताए । उनले २०७२ पछिको भूकम्पपछिको पुनःनिर्माण तीव्र गतिमा भइरहेको उल्लेख गरे । 

युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले दिगो विकासको लक्ष्यलाई पूरा गर्न विपद् न्यूनीकरणमा प्राथमिकता दिनुपर्ने बताए । खानी तथा भू-गर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले विपद् व्यवस्थापन न्यूनीकरणलाई संविधानमै उल्लेख गरेकाले यसलाई कम गर्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताए । 

सन् १९८९ देखि राष्ट्रसङ्घीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवद्र्धन गर्न दिवस मनाउने निर्णयअनुसार नेपालमा पनि अक्टोबर १३ तारिखमा उक्त दिवस मनाउन सुरु गरिएको हो । 

नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । नेपालमा दुई वर्षको अवधिमा छ हजार ३८१ साना ठूला विपद्का घटना घटेको अध्यक्ष घिमिरेले बताए । सोही अवसरमा गृहमन्त्री थापाले नेपालमा विपद् व्यवस्थापनसम्बन्धी पुस्तक सार्वजनिक गरेका थिए । -रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC