site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एनआरएनएको गणना अन्तिम चरणमा, अध्यक्षमा पन्त अगाडि
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त अगाडि देखिएका छन् । करिब डेढ सय मत गन्न बाँकी रहेको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले बाह्रखरीलाई जानकारी दिएका छन् । त्यति बाँकी हुँदा पन्त करिब ३५ मतले अगाडि भएको जनाइएको छ ।   बुधबार राति विवादका कारण बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएकोमा मतगणना अन्तिम चरणमा पुगेको हो । 

महाधिवेशनमा अध्यक्ष पदका लागि लोकतान्त्रिक खेमाबाट बेलायतमा बस्दै आएका  कुल आचार्य र बामपन्थी खेमाबाट जर्मनीमा बस्दै आएका पन्तले उमेदवारी दिएका थिए । बुधबार झण्डै ६ घण्टा मतदानका लागि प्रतिनिधिहरु लाइन लागिसकेपछि विद्युतीय भोटिङ्ग मेशिन बिग्रेको भनेर मतदान स्थगित गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मतपेटिकामा मतपत्र खसाल्ने गरी विहीबार मतदान भएको थियो । महाधिवेशनमा विश्वभरीबाट करिब २ हजार ८ सय प्रतिनिधि सहभागी थिए ।  मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी थिइन् । सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै गर्ने कार्यक्रम रहे पनि मतदान स्थगित भएकाले कार्यक्रम सरेको हो । 

समापन कार्यक्रम र आर्थिक प्रतिवेदन पास गर्ने कार्यक्रम कति बेला हुन्छ भन्ने जानकारी नभएको ती प्रतिनिधिले बताएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC