site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘मिलिटरी वर्ल्ड गेम’मा पहिलोपटक भिड्दै नेपाली सेना, चीनका राष्ट्रपतिले आज साँझ उद्घाटन गर्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीनको वुहानमा आजबाट सुरु हुने ७ औं मिलिटरी वर्ल्ड गेममा नेपाली सेनाले विभिन्न १३ वटा खेलमा भाग लिने भएको छ । सो खेलको आज साँझ वुहान स्पोर्ट सेन्टरमा चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्दैछन् ।  सो कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । आज साँझ ८ बजे सो कार्यक्रमको उद्घाटन हुने जनाइएको छ । 

राष्ट्रपति सीले उद्घाटन गर्ने सो खेल आगामी १० दिनसम्म चल्नेछ । सो खेलमा भाग लिन नेपालसमेत विश्वका १०९ मुलुकका ९ हजार ३ सय ८ सेना सो स्थानमा पुगेका छन् ।  सो कार्यक्रम अन्तर्गत ३२९ वटा इभेन्टमा २७ खेल हुने जनाइएको छ । । चीनको सो खेललाई मिलिटरी वर्ल्ड गेमको समेत नाम दिइएको छ ।  नेपाली सेना यो खेलमा पहिलो पटक सहभागी हुन लागेको हो ।  प्रतियोगितामा यस पटक २५ वटा खेल प्रतियोगिता र २ वटा खेल प्रदर्शन गरी कूल २७ खेलहरु समेटिएका छन् । 

उक्त प्रतियोगितामा सञ्चालन हुने २५ खेल विधामध्ये नेपाली सेनाका खेलाडीहरु विभिन्न १३ खेलमा सहभागी हुने जनाइएको छ । नेपाली सेनाका तर्फबाट आर्चरी, ट्रयाक एण्ड फिल्ड,ब्याटमिण्टन, तेक्वान्दो, बक्सिङ, विच भलिवल,घोड चढी, कुस्ती, फेन्सिङ, मोर्डन पेन्टाथलन, जुडो, सुटिङ्ग,ट्रयाथलनमा भाग लिने जनाइएको छ । 
उक्त प्रतियोगितामा नेपाली सेनाका ४० जना खेलाडीहरु सहभागी हुनेछन् भने  अतिथि, डेलिगेसन र कोचसहित कूल ६४ जना रहने जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC