site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेल बाह्रखरी गल्फको सम्पूर्ण तयारी पूरा (तस्बिरसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी आइतबारबाट हुने प्रतियोगिताको तयारी पूरा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
सगरमाथा क्षेत्रमा आयोजना हुने प्रतियोगिता अक्टोबर २० का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।  

प्रतियोगिताका लागि आवश्यक अन्य तयारी पूरा भएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । “यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउँदा हामी धेरै उत्साहित छौं, घिमिरेले भने, “प्रतियोगिता हुने स्थानमा पनि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।” 

Agni Group

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण कोङ्देमा २० तारिखमा हुनेछ, जसमा ४० बढी गल्फरहरुले एक होल खेल्नेछन् र दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ का दिन काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब एकसय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

Global Ime bank

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथा क्षेत्रको कोङ्दे री मा वान होल गल्फ कोर्स तयार हुँदैछ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता हो । प्रतियोगितालाई संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ ।
सगरमाथा क्षेत्रमा हुने पहिलो चरणको प्रतियोगितामा खेलाडी तथा अन्तर्राष्ट्रिय पत्रकारहरु गरी एकसय भन्दा बढीको उपस्थिति रहनेछ ।

यसैबीच प्रतियोगिताका लागि विभिन्न मुलुकबाट अन्तर्राष्ट्रिय पत्रकार आउने क्रम सुरु भएको छ । अहिलेसम्म भारतको द हिन्दुबाट जयरमण मिनाक्षी, सीएनबीसीबाट दीपाली नन्द्वानी, विजनेश वर्ल्डबाट भुवनेश खन्ना, दि फाइनान्सियल एक्सप्रेसबाट पल्लभी पश्रिचा, द टेलिग्राफ अनलाइनबाट सुचयन मण्डल काठमाडौं आइपुगेका छन् ।

बाँकी पत्रकारहरु शनिबारसम्म काठमाडौं आइपुग्ने घिमिरेले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC