site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले ७५ वर्षका लागि लिएकै हो त तुलागी टापू ? तर्सिए अन्य राष्ट्र
Sarbottam CementSarbottam Cement

बेइजिङ्ग । चीन र सोलोमनबीच राजनीतिक सम्बन्ध स्थापना भएको एक महिना मात्रै भएपनि चीनले सोलोमनको तुलागी टापूलाई ७५ वर्षको लागि लिजमा लिने संझौता गरेको छ । यसलाई अमेरिकामाथिको झड्काका रुपमा लिइएको पाइएको छ ।  प्रशान्त महासागरको टापू देश सोलोमनको मन्त्रिपरिषद्को बैठकले अघिल्लो महिना चीनका लागि ताइवानसँगको सम्बन्ध अन्त्य गर्ने पक्षमा मतदान गरेको थियो ।   ताइवानका विदेशमन्त्री जोसेफ वुले सोही प्रकरणलाई लिएर पदबाट राजीनामा दिएका थिए ।

सेप्टेम्बरको दोस्रो साता सोलोमन र ताइवानको सम्बन्ध अन्त्य भएको हो । त्यसअघि पहिलो हप्ता सोलोमनका विदेशमन्त्री जेरेमिआह मैनेल ताइवानको भ्रमणमा गएका थिए । ताइवानले चाहिं सोलोमनले धोखा दिएको बताएका थियो ।  चीनले डलर डिप्लोमेसीका कारण ताइवानलाई अलगथलग गर्न प्रयासरत रहेको ताइवानले त्यतिबेला आरोप लगाएको थियो । ताइवानले सोलोमनको क्याबिनेटलाई पैसा दिएर प्रभावित पारेको आरोप लगाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनको राष्ट्रिय दिवस १ अक्टोबर भन्दा अघि सोलोमन र ताइवानको सम्बन्ध तोडिएको हो ।  अमेरिकाले ताइवानसँग १९७९मा सम्बन्ध तोडेपछि चीनले अमेरिकासँग राजनीतिक सम्बन्ध जोडेको हो ।  तर, अमेरिकाका लागि ताइवान अझैपनि विशेष रहेको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ भने ताइवानले भने आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक मान्ने गरेको छ । प्रशान्त महासागरमा चीनको बढ्दो प्रभाव र त्यस क्षेत्रको सोलोमन पनि चीनको पक्षमा जानुले अमेरिकाका लागि भने टाउको दुखाइको विषय भएको जनाइएको छ ।

१४ अक्टोबरको दिन रेडियो न्युजिल्याण्डले पहिलो पटक तुलागी टापू चीनको एक कम्पनीले ७५ वर्षको लागि लिएको जनाए पनि त्यसको औपचारिक घोषणा भने गरिएको छैन ।  सोही विषयमा १६ अक्टोबरमा न्यूयोर्क टाइम्सले पनि समाचार बनाएको थियो । चीनले सोलोमनसँग सम्झौता गरेको विषयमा अष्ट्रेलिया पनि चिन्तित पाइएको छ । यसो भएमा चीन आफ्नो ढोकामै आइपुग्ने अष्ट्रेलियाले ठानिरहेको छ । 

Global Ime bank

सोलोमनको टापू तुलागी दुई वर्ग किमीमा फैलिएको छ । एएफपीका अनुसार यहाँको आवादी १,२०० रहेको छ । त्यहाँ जापानको नौसेना दोस्रो विश्व युद्धको समयमा राखिएको थियो । एएफपीले पनि चीन र सोलोमनबीच यो संझौता भएको जनाएको छ । (बीबीसीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC