site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
गैरआवासीय नेपाली सङ्घको मतदान सकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । शान्तिपूर्ण रुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना सुरु हुने सङ्घका महासचिव बद्री केसीले जानकारी दिए ।

निर्वाचनमा सुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिए पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । जम्मा २३४१ मत खसेका थियो । जसमा २६१ अमेरिकी, ९२० युरोपेली, मध्यपूर्व ४७०, ओसेनीया २१४, एसिया ४७० र अफ्रिकी एनआरएनएले मतदान गरेका थिए । निर्वाचनको मतपरिणाम राति २ बजे आउने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् । यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरुप आज साँझ हुने भनिएको सङ्घको समापन समारोह नहुने भएको छ । मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC