काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार आएको छ । आज नेप्से ०.७१ अंकले बढेर एक हजार एक सय ३७.७५ अंकमा पुगेको हो । आज सेन्सिटिभ इन्डेक्स्ट पनि ०.५४ अंकले बढेर दुई सय ४९.१२ अंकमा पुगेको छ ।
यस दिन बजारमा १६० कम्पनीका ९ लाख ९८ हजार कित्ता सेयर १८ करोड २९ लाख ९४ हजार ९०५ रुपैयाँमा कारोबार भए ।
आज बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसुचकमध्ये ७ समूह उकालो लागे भने बाँकी ४ समूह ओरालो लागे । यस दिन निर्जीवन बिमा समूह सर्वाधिक ३६.८६ अंकले उकालो लाग्यो भने विकास बैंक समूह सर्वाधिक १०.१३ अंकले ओरालो लाग्यो ।
साताको अन्तिम दिन बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर एक करोड ९९ लाख ९८ हजार ८४९ रुपैयाँका कारोबार भएको हो ।
यस दिन सानीमा लगानी कोषका लगानीकर्ताले सर्वाधिक ८ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, माहुलिक सामूदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.२५ प्रतिशत सेयर मूल्य गुमाए ।