खेल
काठमाडौं । १५ औं विश्व उसु प्यासिफिक च्याम्पियनसिपमा सहभागी हुन नेपाली उसु टोली चीन प्रस्थान गरेको छ ।
११ जना खेलाडीसहितको टोली आज चीन प्रस्थान गरेको हो । टोलीलाई आजै नेपाल उसु महासंघका अध्यक्ष विर बहादुर तामाङ्ले बिदाइ गरेका थिए । ११ जना खेलाडीहरुले विभिन्न स्पर्धामा चुनौती प्रस्तुत गर्नेछन् ।
थाउलुतर्फ सुस्मिता तामाङ्, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र शिवजी सिलवालले सहभागिता जनाउने छन् भने सान्सोतर्फ विन्दु पुनमगर, जुली राइ र किरण सिंह सावदले सहभागिता जनाउने उसु महासंघलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
च्याम्पियनसिप चीनको संघाइमा अक्टोबर १९ देखि २५ सम्म हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६ १७:२२
प्रतिक्रिया दिनुहोस्