site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु नपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु नपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हो वा होइन, तीन महिनाभित्र निर्णय गर्नुपर्ने फैसला गरेपछि तत्काललाई प्रतिवेदन सार्वजनिक गर्नु नपर्ने भएको हो । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएको छ । यही विषयलाई लिएर राजपाले संसद् बैठकसमेत अवरुद्ध गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारका नाममा रुलिङ गरेपछि राजपाले संसद् बैठक चल्न दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्चले गरेको फैसलाले सरकारलाई प्रतिवेदन सार्वजनिक नगर्न थप सहज भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलाशले प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हो वा होइन, ३ महिनाभित्र निर्णय गर्न राष्ट्रिय सूचना आयोगका नाममा आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।  

शशीधर पाण्डेले ०७५ भदौ ८ गते दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले  ‘प्रतिवेदन सार्वजनिक गर्न मिल्ने, नमिल्ने कारणसहित ३ महिनाभित्र निर्णय गर्न’ विपक्षीका नाममा फैसला गरेको हो । रिटमा गृह मन्त्रालयसहितलाई विपक्षी बनाइएको थियो । पाण्डेले सूचना माग गर्दै आयोगमा निवेदन दिएका थिए । सो निवेदनको प्रक्रिया नटुंगिसकेकाले तीन महिनाभित्र टुंगो लगाउन सर्वोच्चले आदेश दिएको हो ।

Global Ime bank

मधेस आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य खोजी गर्न सरकारले सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो । ०७३ सालमा तराई–मधेस र थरूहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरूले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो । 

गिरिशचन्द्र लाल सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश थिए । सो आयोगले २०७४ मङ्सिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC