site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टर्कीका राष्ट्रपतिलाई ट्रम्पको पत्र- 'मूर्ख नबन'
Sarbottam CementSarbottam Cement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई एक 'असाधारण' पत्र पठाएका छन् । उनले गत साता पठाएको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरिएमा टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् । 

ट्रम्पको पत्रको आशय हेर्दा कूटनीतिक मर्यादा विपरीत रहेको देखिन्छ । उनले टर्कीका शक्तिशाली व्यक्ति इर्डोगानलाई पठाएको पत्रमा लेखिएको छ, "उक्त विषयमा राम्रो सम्झौता गरौं", 'मूर्ख नबन' । 

Prabhu Bank
Agni Group
NIC Asia

टर्कीका राष्ट्रपतिले पनि ट्रम्पलाई पत्र पठाउँदै 'धेरै ठूलो नबन' भन्दै चेतावनी दिएका थिए । राष्ट्रपतिद्वयले फोनमा कुराकानी गरेको दुई दिनपछि अक्टोबर ९ मा उक्त पत्र लेखिएको थियो । ट्रम्पले 'विश्वलाई नै पछि धकेल्ने काम नगर' भन्दै चेतावनीपूर्ण भाषाको प्रयोग गरेका छन् । उनले सिरियाली कुर्दहरु वार्ता गर्न चाहन्छन् र कुनै सम्झौताको निष्कर्षमा पुग्न चाहेको पत्रमार्फत बताएका छन् । 

टर्कीले आफ्नो सीमामा रहेको सिरियाली भूभागबाट कुर्दलाई हटाएर ३२ किमी क्षेत्रमा सेफ जोन बनाउन चाहेको छ । जहाँ पछि २० लाख सिरियाली शरणार्थीलाई राख्ने टर्किस राष्ट्रपति इर्डोगानले बताएका थिए । तर, यही विषयमा पछिल्लो पटक उसले कुर्दमाथि आक्रमण गर्दा लाखौं मानिस समस्यामा परेका छन् ।

Global Ime bank

अमेरिकाले यसअघि कुर्दहरुमाथिको टर्किको आक्रमणको निन्दा गर्दै केही मन्त्रालय र निकायलाई प्रतिबन्धको घोषणासमेत गरिसकेको छ ।

सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC