site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीको ‘तिमी’ द्वेष
Sarbottam CementSarbottam Cement

आफ्नो सम्मान नरुचाउने व्यक्ति बिरलै भेटिएलान् । अझ सार्वजनिक पदमा पुग्नेमध्ये धेरैमा त मान सम्मानको मोह बढी नै देखिन्छ । पद र शक्तिसँग सम्मानको भोक पनि बढ्दै जान्छ । मध्ययुगका सामन्तहरूले आफूलाई जनसाधारणभन्दा विशिष्ठ देखाउन सम्मानका विभिन्न श्रेणी प्रचलनमा ल्याए । अहिले संसारका सबै शासकहरू आफूलाई लोकतन्त्रवादी भन्न रुचाउँछन् । तर, उनीहरूको अभ्यास र रुचि भने मध्ययुगका अधिनायकको भन्दा तात्त्विकरूपमा फरक देखिँदैन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सञ्चार माध्यममा जनसाधारणभन्दा शासकलाई विशेष मानेर सम्बोधन गरियोस् भन्ने चाहनामा त्यही मध्ययुगीन सामन्ती मानसिकता प्रदर्शित भएको छ । अहिलेसम्म कुनै पत्रकारका आमाबाबु कसैले आफूलाई सन्तानले तिमी लेखे भनेर गुनासो गरेको सुनिएको छैन ।

सबैलाई ‘तिमी’ सम्बोधन गरेर मूलधारका प्रायःजसो नेपाली सञ्चार माध्यमले भाषिक लोकतन्त्रको अभ्यास थालेका हुन् । त्यसभन्दा पहिले सञ्चार माध्यममा पनि समाजमा जस्तै भाषिक विभेद र विभाजनको अभ्यास हुन्थ्यो । महिला, बालबालिका, दलित, अपाङ्गता हुनेहरूका लागि ‘तँ’ ‘तिमी’ र अरू पुरुषका ‘तपाईँ’ प्रयोग गरिन्थ्यो । राजपरिवारका लागि त झन् ‘मौसुफ’ शब्द प्रयोग गर्नुपथ्र्यो । शैलजा आचार्य वा सहाना प्रधानलाई ‘तिमी’ र अरू कुनै पुरुष राजनीतिकर्मीलाई ‘तपाईँ’ लेख्नेसमेत अभ्यास थियो । नेपाली भाषामा कर्ताअनुसार क्रियापदको संगति कायम गर्नुपर्छ । राजतन्त्र रहँदासम्म राजपरिवारको मौसुफ पनि कायम रह्यो तर अरू सबैलाई ‘तिमी’ सर्वनाम प्रयोग गर्ने अभ्यास दोस्रो जनआन्दोलनभन्दा पहिले नै थालिएको हो । त्यही परम्परामा अहिले मूलधारका सञ्चार माध्यममा सबैलाई समान आदर गर्न आदरार्थी ‘तिमी’ प्रयोग गरिन्छ । प्रधानमन्त्री ओलीलाई भने आफूलाई सञ्चार माध्यममा ‘तिमी’ भनिएको पटक्कै रुचेन । 

Prabhu Bank
Agni Group
NIC Asia

सबैलाई एउटै सर्वनाम ‘तिमी’ प्रयोग गरेकोमा प्रधानमन्त्री ओलीले मूलधारका सञ्चारकर्मीलाई पटकपटक दुत्कारेका छन् । त्यसो त सञ्चारकर्मीलाई वैरी ठान्ने शासक प्रधानमन्त्री ओलीमात्र हैनन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मूलधारका विशेषगरी उदार सञ्चार माध्यमहरूप्रतिको वैर सबैले थाहा पाएकै विषय हो । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते ट्रम्पभन्दा पनि बढी मुखर छन् सञ्चार माध्यमका विरुद्ध । भारतमा स्वतन्त्रताभन्दा पहिलेदेखि गर्व गरिने ‘प्रेस स्वतन्त्रता’ अब मूलधारका माध्यमहरूमा छैन । सबैजसो ठूला माध्यमलाई प्रधानमन्त्री नरेन्द्र मोदीको ‘गोदी मिडिया’ भन्ने गरिन्छ । यो सूची निकै लामो हुन्छ । ट्रम्प, दुतेर्ते, मोदी अनुदार राजनीतिक धारमा नेता हुन् । उनीहरू कसैल पनि समानता वा प्रगतिशीलताका निम्ति संघर्ष गरेका थिएनन् । लोकतान्त्रिक विधिबाट निर्वाचित भए पनि यिनीहरू उदार लोकतन्त्रवादी वा प्रगतिशील हैनन् । व्यावसायिक सञ्चार माध्यममा भने सञ्चार कक्षमा उदार लोकतन्त्रवादीको बाहुल्य हुन्छ । यसैले अनुदारवादीहरूले सञ्चार माध्यमलाई वैरी ठान्नु उति अस्वाभाविक पनि हैन ।

परन्तु, नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओली भने आफूलाई लोकतन्त्रको लागि ठूलो त्याग गरेको कम्युनिस्ट मान्छन् । उनले समेत सबैलाई समान सम्मान गर्ने ‘तिमी’ शब्दलाई अराजकताको पर्याय ठान्नु आश्चर्यजनक विडम्बना हो । भाषामा व्यक्तिको मानसिकता व्यक्त हुन्छ भन्ने भाषा वैज्ञानिक अवधारणाअनुसार त प्रधानमन्त्री ओलीभित्र सामन्ती शासक हुने चाहना पो लुकेको मान्नुपर्ने भयो । प्रधानमन्त्री ओलीलाई जति मन नपरे पनि मूलधारका सञ्चार माध्यमले समान सम्मानार्थी ‘तिमी’को प्रयोग पक्कै छाड्ने छैनन् । ‘मौसुफ’लाई ‘तिमी’सम्म ल्याउन नेपाली सञ्चारकर्मीले पनि लामै संघर्ष गरेका छन् । प्रधानमन्त्री ओलीको बोलीमा उनको मानसिकता प्रकट भएको मान्ने हो भने सञ्चारकर्मीहरूका लागि आगामी दिनहरू थप चुनौतीपूर्ण हुनेछन् । ‘‘स्वतन्त्रताको मूल्य निरन्तरको सजगता हो’’ त्यसै भनिएको कहाँ हो र ?  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC