site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एनआरएनए सम्मेलन विवादमा, मतदान १० बजेबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा उत्पन्न विवादका कारण पछि सरेको मतदान कार्यक्रम अहिले बिहान १० बजेबाट सुरु हुने भएको छ ।  बुधबार झण्डै ६ घण्टा मतदानका लागि प्रतिनिधिहरु लाइन लागिसकेपछि विद्युतीय भोटिङ्ग मेशिन बिग्रेको भनेर मतदान स्थगित गरिएको थियो । 
आज बिहानबाट हुने मतदान मतपेटिकामा मतपत्र खसाल्ने गरी तयारी गरिएको एनआरएनएका एक प्रतिनिधिले बाह्रखरीसँगको कुराकानीमा बताएका छन् । 

हिजो मतदान भइदिएको भए आज समापन कार्यक्रम गर्ने तयारी गरिएको थियो । तर, मतदान रोकिएको भए पनि समापन कार्यक्रम समयमै गर्ने तयारी भएको एनआरएनले जनाएको छ । ती पदाधिकारीका अनुसार हायात होटलको बुकिङ्ग आजसम्मका लागि मात्रै गरिएको छ । उता आर्थिक प्रतिवेदन पास भएपछि मात्रै मतदान गर्नुपर्नेमा सो प्रतिवेदनपनि पास नभएको एक प्रतिनिधिले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज मतदानकै लागि समय लाग्ने सम्भावना भएकोले एनआरएनएको कार्यालयमा लगेर मतगणना हुन सक्ने उनले जनाए । मतदानका लागि करिब २ हजार ८ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।  हिजो मतदान नहुने भएपछि राति केही बेर विवाद समेत उत्पन्न भएको थियो । कागजात च्यातिएको र सरसामान फुटाएका कतिपय दृश्यसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । 

एनआरएनका पदाधिकारीका लागि बुधबार बेलुका ७ बजेदेखि मतदान हुने कार्यक्रम रहेको थियो ।  मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी थिइन् । सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

Global Ime bank

अध्यक्षका उमेदवार कुमार पन्तले बुधबार राति एउटा सूचना प्रकाशित गर्दै भनेका थिए,‘‘ आदरणीय गैरआवासीय नेपाली प्रतिनिधि अग्रज तथा मित्रहरू, यतिखेर यो सूचना सम्प्रेषण गर्नुपर्दा निकै दुःख लागेको छ।  विद्युतीय मतदान मेसिनमा आएको गडबडीका कारण अचानक मतदान स्थगित गर्नुपरेको छ। भोलि बिहान १० बजेबाट मतपत्रबाटै पुनः मतदान हुनेछ। यसप्रति म सविनय माफी चाहन्छु ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC