site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रमा पुरुषको कामुकताका विषयमा खुलेर कुरा गरिनुपर्छ : राजकुमार राव
Sarbottam CementSarbottam Cement

मुम्बई । बलिउड कलाकार रामकुमार रावले पुरुष कामुकताका विषयमा खुलेर कुरा गर्नुपर्ने तर्क गरेका छन् । उनको चलचित्र ‘मेड इन चाइना’ रिलिज हुने क्रममा छ । जसमा पुरुषको कामुकतालाई केन्द्रमा राखेर चलचित्र बनाइएको छ । 

पछिल्लो चलचित्र ‘जजमेन्टल है क्या’ बाट प्रशंसा बटुलेका कलाकार रावको नयाँ चलचित्र ‘मेड इन चाइना’ रिलिजको तयारीमा छ । चलचित्रको ट्रेलर र अन्य कन्टेन्ट हेरेर यो दिअर्थी लचित्र हो कि भन्ने अनुमान गर्न सकिन्छ । 

एक टेलिभिजन अर्न्तवार्तको अनुवादित अंश : 

Prabhu Bank
Agni Group
NIC Asia

के तपाईंलाई यस विषयमा डर थियो ?

मलाई यसप्रकारको केही पनि डर थिएन्, किनभने यो चलचित्रमा सबै प्रतिष्ठित र चर्चित कलाकारहरु छन् । बमन सर (बमन इरानी), परेश सर (परेह रावल) लगायत हामी सबैलाई थाहा थियो कि यस्ता विषयमा एकदमै मसिनो लाइन हुन्छ र यस्तो विषयमा अलिकति चुक्यो भने पुरै चलचित्र नै ‘चीप’ देखिन्छ । यस विषयमा हामीले निकै ध्यान राखेर चलचित्रमा त्यस्ता कुनैपनि प्रकारको अश्लिलता राखेका छैनौं । यहि कारणले त हामीलाई सेन्सरले यूए सर्टिफिकेट दियो र चलचित्र बालबालिका आफनो आमाबुवा सँग बसेर हेर्न सक्छन् ।

Global Ime bank

कुनै समय थियो चलचित्रमा पुरुषको कामुकता देखाइँदैन थियो । तर अहिले इरेक्टाइल डिस्फंक्शन, विकी डोनर, मर्द को दर्द नही होताजस्ता चलचित्रहरु आइरहेका छन् । तपाईंको चलचित्र मेड इन चाइनाले पनि पुरुष कामु्कताको विषयमा उठाएको छ ?

हो, तर अहिले समय बद्लिसकेको छ । मलाई लाग्छ कि हामीले ती सबै धारणालाई तोडेका छौँ । आज पुरुषलाई पनि पीडा हुन्छ । हाम्रो चलचित्रमा ऊ खुलेर आफनो सेक्ससुयालिटीमा कुरा गर्छ । हाम्रो कोशिस भनेको केही नयाँ गरेर आफनो दर्शकलाई केही नयाँपन दिनु मात्रै हो ।

मलाई लाग्छ आजका दर्शक धेरै नै बुझकी भइसकेका छन् । उनीहरु यस विषयका चलचित्रलाई राम्रोसँग बुझनुहुन्छ र यी विषयमा जब मनोरञ्‍नको साथ पाउँछ । 

तपाई किशोरावस्थामा हुँदा आफनो कामुकताका विषयमा खुलेर बोल्ने मौका पाउनु भयो ?

लक्किली म स्कुल कलेजमा निकै चर्चित केटा थिएँ । सेक्सको विषयमा खुलेरै बोल्ने गर्थे । म नृत्यमा पोख्त थिए, टेक्वान्डोको गुरु थिएँ । पढाईमा पनि अब्बल नै थिएँ । तर मेरा केही साथीहरु भने यी विषयमा गलत धारण राख्थे । आज पनि मेरा प्राय साथीहरु यस विषयमा खुलेर बोल्न सक्दैनन् ।

आज पनि सेक्स एक 'ट्याबु'को रुपम लिइन्छ । तर म सधैं भन्ने गर्छु की जसरी हामी अरु रोगको उपचार गर्छौ । ठिक त्यसैगरि सेक्सको समस्याको पनि उपचार सम्भव छ र गर्नु जरुरी पनि छ ।

तपाई, आयुष्मान खुराना, नवाजुद्दिन सिद्दिकी र विकी कौशललगायतका कलाकारले स्टार सिस्टमभन्दा फरक आफनै अलग दर्शक बनाउनु भएको छ नी ।

म धेरै खुशी छु की यस्तो पनि भएको छ । दर्शक हामीजस्तो अभिनेताहरुको पनि चलचित्र हेर्न आउनुहुन्छ र त्यसलाई सय, दुईसय करोडको बिजनेस बनाएदिनु हुन्छ । म चलचित्र पढेर आएको हुनाले यस्ता फरक विषयमा बनेका चलचित्रमा विश्वास राख्छु । म बलिउडमा यस्तै चलचित्रहरु नै गर्न आएको हुँ । दर्शकहरु पनि पर्दामा रियालिटि हेर्न चाहन्छन् । उ

नीहरु पनि चलचिमा रियल क्यारेक्टर हेर्न चाहन्छन् । उक्त रियल कथामा इन्टरटेन्मेन्ट पनि भयो भने त सुनमा सुगन्ध नै हुन्छ । ‘लार्जर डेन लाइफ’ चलचत्रिहरु अहिले पनि बन्छन् तर हाम्रा चलचित्र पनि बक्स अफिसमा राम्रो व्यापार गरिरहेका छन् ।

पत्ररेखा तपाईंलाई पार्टनरको रुपमा कस्तो प्रतिक्रिया दिनुहुन्छ?

उनले मेरो अभिनयको बारेमा इमान्दारीताका साथ प्रतिक्रिया दिन्छन् । उनी मेरो साँचो आलोचक हुन् । म सधैं उनको प्रतिक्रिया सुन्न उत्सुक हुन्छु । उनी मेरो यात्राको सुरुदेखिको साक्षी हुन् । उनी मेरो मेहनत र संघर्षको साक्षी हुन् र उनको सुझाव मेरो लागि निकै महत्व राख्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC