site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेकपा सांसद् पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी, के हो अभियोग ?
Sarbottam CementSarbottam Cement

काठमाडौं। नेकपाका सांसद पार्वत गुरूङलाई पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले काटेको पुर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको र गाउँपालिका अध्यक्षलाई बुझ्न लगाएको सांसद पार्वत गुरुङले बाह्रखरीलाई जानकारी दिए । स्थानीय निकाय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको र सोही घटनामा राजनीतिक प्रतिशोधका आधारमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको उनको भनाइ छ ।

“अब म अदालतमा हाजिर भएर सत्यतथ्य बताउँछु । त्यो राजनीतिक मुद्दा हो । राजनीतिक व्यक्तिमाथि यस्ता प्रतिशोधका घटना भइरहन्छन्,” उनले भने । उनले पूर्वमाओवादी केन्द्रका कार्यकर्ताले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता गराएको र त्यही मुद्दाका आधारमा पक्राउ पुर्जी जारी भएको जिकिर गरे ।
उनले आफैं अदालत उपस्थित भएर यथार्थ कुरा पत्ता लगाउने बाह्रखरीसँग बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

के हो जुँगु घटना ? 
काठमाडौं ।  दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा  स्थानीय तहको निर्वाचनअघि वैशाख २६ गते  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद भएको थियो । सो क्रममा दुई पार्टीका कार्यकर्ताबीच कुटाकुट हुँदा एमाले समर्थक कुलबहादुर तामाङ्को मृत्यु भएको थियो ।
 
त्यसलगत्तै तामाङ परिवारको उजुरीपछि प्रहरीले  एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ, गोपाल तामाङ, नीलम जिरेल, प्रेमबहादुर तामाङलगायतलाई पक्राउ गरेको थियो । तर, पछि उनीहरु जिल्ला अदालत दोलखाको आदेशमा साधारण तारेखमा छुटेका थिए । 
तामाङको मृत्यु हुनेगरि भएको सो घटनामा वीरध्वज खड्कासहित तत्कालीन माओवादी केन्द्रका नेताहरु देवी खड्का,विशाल खड्का,गंगा कार्कीसहित ३९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चरिकोटमा तामाङ परिवारले किटानी जाहेरी दिएका थिए । 

घटनापछि वीरध्वज खड्का काठमाडौंमा थिए । सोही क्रममा काठमाडौंको गौशालामा गाडीबाटै झिकेर खड्कामाथि कुटपिट भएको थियो । तत्कालीन एमाले नेता पार्वत गुरुङलगायतले कुटपिट गरी गाैशाला प्रहरी कार्यालयमा बुझाएको भन्दै खड्काले गुरुङविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही उजुरीका आधारमा दोलखा सांसद एवं नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङमाथि पक्राउ पुर्जी जारी भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC