site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नौ युवा नेपाली वैज्ञानिकले रुसमा प्रस्तुति दिँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नौजना युवा नेपाली वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुति दिने भएका छन् । सोमबारदेखि रुसमा सुरु भएको आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा विभिन्न कलेजमा अध्ययनरत नौ जना युवाहरु सहभागि हुन लागेका हुन् । 

नेपाल पोलिमर इन्स्टिच्युटको पहलमा गत शनिबार सम्मेलनमा भाग लिन टोली रुस प्रस्थान गरेको थियो । सम्मेलनमा साउथ वेष्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगा कलेजका विवेक ढुङ्गाना, नाइटिङ्गेल स्कूलका अभिनभ गौलीले प्रस्तुति दिँदैछन् । त्यसै गरी आस्था स्कूलका अर्जुन सारु र दीक्षा सञ्जेल, काठमाण्डौं मोडेल कलेजका ऋषिकुमार गुप्ता, सेण्ट जेभियर्स कलेजकी आस्था शाह र कृतिश पोखरेलले पनि सम्मेलनमा प्रस्तुति दिने बताइएको छ । युनिग्लोब कलेजका बीरेन्द्र बुढा लगायतले विभिन्न विषय तथा क्षेत्रमा आफूले गरेका आविष्कार तथा खोजका विषयमा प्रस्तुति दिनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साउथ वेष्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिसमा प्रस्तुति दिनेछन् । ओमेगा कलेजका ढुङ्गानाले ट्राफिक मिटिग्रेशन इन म्याथमेटिकल वेमा प्रस्तुती दिने छन् भने नाइटिङ्गेल स्कूलका गौलीले हाइड्रो एग्रीकल्चर प्रोटोटाइपः मल्टिपल युज अफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । टालीका अरु सहभागिहरुले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

अक्टोबर १४ बाट सुरु भएकोे सम्मेलन २० तारिखसम्म चल्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC