site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
गैरआवासीय नेपालीलाई प्राथमिकता  
Sarbottam CementSarbottam Cement

नेपाली संसारभर छरिन पुगेका छन् । यसरी छरिएका नेपालीहरू ‘गैरआवासीय नेपाली संघ (एनआरएनए)’ का नाममा औचरिकरूपमै संगठित हुन थालेको पनि डेढ दशक पुगिसकेको छ । विदेशमा बस्नेहरूको हित संरक्षणको मूल उद्देश्य राखेर संगठित भएको एनआरएनए आफ्नो घोषित उद्देश्यमा अपेक्षाकृत सफल हुनसकेको भने देखिएन । नेपालको दलगत राजनीतिक विभाजनबाट गैरआवासीय नेपाली र तिनका संघसंस्था पनि जोगिन सकेनन् । एनआरएनए पनि अपवाद भएन । सम्भवतः यही कारणले यो संघ आफ्नो घोषित उद्देश्यमा सफल नभएको हो । एनआरएनएको स्थापनापछि नेपालमा पनि ठूलो राजनीतिक परिवर्तन भएको छ । यसैले एनआरएनएले पनि आफ्नो रणनीतिमा पुनःविचार गर्नु उपयुक्त हुनेछ । 

दोहोरो नागरिकताको व्यवस्था हुनुपर्नेमा एनआरएनएको जोड रहेको छ । नेपालको संविधान, २०७२ ले ‘गैरआवासीय नेपाली नागरिकता’को परिकल्पना पनि गरेको छ । नेपाली मूलका बाबुआमा वा बाजेबज्यैका सन्तानले विदेशी नागरिकता प्राप्त गरेको भए पनि ‘संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृति अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने’ व्यवस्था संविधानको धारा १४ मा गरिएको छ । यस्तो नागरिकतामा संविधानमा उल्लेख नभएको ‘राजनीतिक अधिकार’ पनि हुनुपर्ने माग गैरआवासीय नेपालीहरूको रहेको छ । नागरिकताका हकमा अहिले संविधानमा व्यवस्था भएअनुसारकै नागरिकताको प्रचलन सुरु गरेर पछि आवश्यक र उपयुक्त लागेमा सुधार र परिमार्जन गर्नु उपयुक्त हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशमा बस्ने नेपालीहरू बिस्तारै सम्पन्न हुँदैगएका छन् । यसैले उनीहरूबाट नेपालमा लगानी हुने सम्भावना बढ्दै गएको छ । विप्रेषणले धानेको अर्थतन्त्रलाई देशभित्रै लगानी गर्ने बढाएर उत्पादनमुखी बनाउन गैरआवासीय नेपालीको झन् बढी योगदान हुनसक्छ । सरकारले गैरआवासीय नेपालीलाई साधनस्रोत जुटाउनैका लागि पनि सहयोग गर्न सक्छ । उनीहरूको निस्क्रिय पुँजीलाई देशभित्र स्वागत गर्ने र फर्काएर लान खोजेका अवस्थामा अप्ठेरो नपार्ने हो भने लगानीका लागि ठूलो धनराशि उपलब्ध हुनसक्छ । मूलतः देशमा विकासका लागि लगानी आवश्यक छ । गैरआवासीय नेपालीले त्यस्तो खाँचो पूरा गर्न सक्छन् । संसारभरका जोसुकैलाई पनि लगानीका लागि आह्वान गरिएका बेला गैरआवासीय नेपालीलाई स्वागत नगर्ने प्रश्न नै हुँदैन । अरू लगानीकर्तालाई भन्दा नेपाली मूलका व्यवसायीलाई प्राथमिकता र सहुलियत दिनुपर्ने उनीहरूको मागलाई पनि अन्यथा भन्न मिल्दैन । 

गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा अरू विदेशी लगानीकर्तालाई भन्दा सुविधा र प्राथमिकता खोज्नु अस्वाभाविक हैन । सरकारले नेपाली मूलका लगानीकर्तालाई नेपाली नागरिकसरह अधिकार र विदेशी लगानीसरहको सहुलियत दिँदा राज्यलाई कुनै हानि हुँदैन । विदेशीलाई नै पनि गैरआवासीय नेपालीसँग संयुक्त लगानी गर्दा थप फाइदा हुने व्यवस्था गरेर पनि प्रोत्साहन गर्न सकिन्छ । त्यसका लागि नागरिकतासम्बन्धी कानुन र अन्य ऐनकानुनमा सुधार एवं संशोधन आवश्यक भए गर्नुपर्छ । सरकार अनिर्णयमा बसेर अवसर खेर फाल्नु हुँदैन । गैरआवासीय नेपालीहरूको मागलाई सम्बोधन गर्न सरकारले हिचकिचाउनु पर्ने अवस्था छैन । अझ भन्ने हो भने सरकारले नै अग्रसरता देखाउनु पर्ने हो । यसका लागि सरकारले अहिलेको अनुदार र शंकालु नीति तथा प्रवृत्ति त्याग्नुपर्छ ।  विदेशीभन्दा त गैरआवासीय नेपालीले नै नेपालको माया गर्छन् होला नि  ।

Global Ime bank

गैरआवासीय नेपालीले पनि देशभित्र पस्नेबित्तिकै व्यावसायिक आचरण त्याग्ने प्रवृत्ति अँगाल्नु हुँदैन । देश विकासमा सहयोगी बन्नुका साथै नेपाल सरकार र संसारभर छरिएर बसेका नेपालीबीच सम्पर्क सेतु बन्ने दायित्व पूरा गर्न सके एनआरएनएको औचित्य सिद्ध हुनेछ । नेपाली रगत हुनेलाई नेपालमा प्राथमिकता र प्रोत्साहन दिनु अन्याय हुँदैन । नेपाली रगत हुनेलाई मात्र हैन नेपाललाई माया गर्नेहरूलाई पनि स्वागत र सहयोग गर्न राज्यले विशेष नीति अपनाउनु आवश्यक देखिन्छ ।     

गैरआवासीय नेपाली संघको सम्मेलनको सफलताको शुभकामना ! 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC