site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोर्तुगलको पाठ 

पोर्तुगल पछिल्लो समय ‘मल्टी कल्चरल मेल्टिङ पट’ अर्थात् बहुसांस्कृतिक संयोजन भएको राष्ट्रका रूपमा विकसित हुँदै गएको छ । फरक फरक कला, संस्कृति, धर्म र रीतिरिवाज भएका देशका  मानिसको जमघटबाट नै यस्तो भएको हो । सहज आप्रावासन नीतिका कारण यो देश अहिले  एसिया, अफ्रिका, दक्षिण अमेरिका र युरोपकै धेरै देशका नागरिकको संगमस्थल बन्दैगएको छ । विविधतालाई सहीरूपमा संवद्र्धन र प्रवद्र्धन गर्न सक्यो भने यसले भविष्यमा देशको राष्ट्रियतालाई समेत मजबुत बनाउँछ । 

नेपालले के सिक्न सक्छ त ?
पोर्तुगलले अपनाएको केही कुरा नेपालले पनि अनुसरण गर्न सक्छ । नेपालले पनि पोर्तुगलले जस्तै कामदारको आपूर्तिमा सहजता, कृषि विकास र पर्यटनमा जोड दिनुपर्छ ।   पोर्तुगललाई जस्तो कामका लागि आप्रवासी भित्र्याउन पर्ने बाध्यतामा नेपाल छैन । देशमा काम गर्ने उमेर समूहको जनशक्ति पर्याप्त छ । बरु, त्यो जनशक्ति रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गइरहेको छ । 

तत्काल नेपालले गर्न सक्ने भनेको कम आम्दानीमा काम गर्न  विदेशिएका युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने नै हो ।  त्यसका लागि अहिलेको न्यूनतम तलब मानमा थोरै वृद्धि गरेर सकेसम्म दक्षलाई पनि नभए अदक्ष कामदारलाई त स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सक्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

खाडीमा ३० देखि ५० हजार मासिक आम्दानी हुने काममा जाने नेपालीको संख्या अहिले पनि ठूलो छ । यस समूहलाई देशमै श्रम गरेर खाडीमा जति कमाउने वातावरण सुनिश्चित गर्न सके विदेशिने सम्भावना कम हुन्छ । त्यसका लागि छिमेकी देश भारतलगायत एसियाका अन्य मुलुकका सानाठूला लगानीकर्तालाई देशमा आकर्षित गर्न सकिन्छ । 

कामदार पर्याप्त भएर लागत केही कम पर्ने भयो भने पोर्तुगलमा जस्तै छिमेकी देशका लगानीकर्ता भित्रिन सक्छन् । आह्वान, गोष्ठी र छलफल गरेको आधारमा नभई संभावना र वातावरण मूल्यांकन गरेरमात्र उद्यमीले लगानी गर्छ । देशमा पटकपटक लगानी सम्मेलन हुन्छ तर देशका युवा श्रम बेच्न समुन्द्र पार जान बाध्य छन् । यसरी न लगानी भित्रिन्छ न युवा पलायन रोकिन्छ । यसका लागि लगानीकर्ताको लगानी सुरक्षित हुने ग्यारेन्टी र मजदुरले काम गरेबापत पाउने बेतन समयमा नियमानुसार पाउने सुनिश्चित हुनु जरुरी हुन्छ । यति भयो भने कम्तीमा लगानी र झन्झट बेहोरेर श्रमिकहरूले खाडी जान खोज्ने छैनन् । यसका लागि मुख्य कामदारको तलब मानमा केही बढाउनु जरुरी छ ।  

Global Ime bank

अर्को पाटो हो कृषि र पर्यटन । पोर्तुगलले यी क्षेत्रमा विस्तार र व्यापारीकरण गरेको छ । नेपालले पनि उत्पादित वस्तुको बजारको व्यवस्था गर्ने र  पर्यटकका निम्ति  सुरक्षित तथा व्यवस्थित वातावरण निर्माण गरे पुग्छ । कृषिका हकमा नेपालले निर्यात गर्नसक्ने वस्तुको उत्पादनमा वृद्धि गरेर सुरुमा छिमेकी देशमा बजार बढाउने र  निर्बाहमुखी ग्रामीण कृषिलाई व्यवसायमुखी बनाउन ढिला गर्नु हुँदैन । 

पोर्तुगलमा पनि एक दशकअघिसम्म निर्बाहमुखी कृषी प्रणाली नै व्यापक थियो । पछि राज्यले नै लगानी बढाएर निर्यातमुखी र व्यवसायीकरण बढाउँदै आएको छ । जमिन बाँझो नराखी उत्पादनमा प्रथामिकता दिएर हरेक उत्पादनको बजारीकरण र संरक्षणको ग्यारेन्टी राज्यले लिएमात्र पनि कृषिमा आधुनिकता भित्रिन सक्छ ।  त्यति भयो भने गाउँ रित्तिने र सहर भरिने अवस्थाको पनि अन्त्य हुँदै जानेछ । अनि पोर्तुगलमा जस्तै कृषि व्यवसायका लागि फर्महरु खुल्ने र लगानी भित्रिने अवस्था निर्माण हुन सक्छ । 

पर्यटकका लागि पोर्तुगलजस्तै नेपालमा अहिले नै सबै स्तरका पर्यटकले बस्न र घुम्न सक्ने मूल्यको सुविधा छ । यसका लागि व्यापक प्रचारप्रसार र सुरक्षा भने आधारभूत तत्त्व हुन् । नेपालले थोरै प्रयास र विश्वासिलो वातावरण बनायो भनेमात्र पनि कृषि र पर्यटनबाट पोर्तुगलले जस्तै लाभ लिन सक्छ । 

जनशक्ति पर्याप्त भएको नेपालले बनाएको नीति नियमको कार्यान्वयन र काम गर्ने जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाएमात्र तत्काललाई कृषि पर्यटनमा ठूलै फड्को मार्न सक्छ । तर, यसका लागि गफले पुग्दैन काम नै हुनुपर्छ । 

हावापानी र भूबनोटको दृष्टिले नेपालजस्तै रहेको पोर्तुगलले आप्रावासीलाई भित्र्याएर त  यसरी आर्थिक उन्नतिको गति समातेको छ भने नेपाल त आफैँमा पर्याप्त जनशक्ति, साधन र सम्भावना भएको देश हो ।  (हालः पोर्तुगाल)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC