site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान, यस्तो छ भेटघाटको सूची
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन खतिवडा अमेरिकातर्फ लागेका हुन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषअन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने कार्यक्रम रहेको अर्थ मन्त्री सचिवालयले जनाएको छ । उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीसँग द्विपक्षीय छलफल पनि गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दियो । बैठकमा सहभागी हुने सिलसिलामा संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गरिनेछ ।

साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनेछन् । उनले नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीसँग पनि भेटघाट गर्नेछन् ।

Global Ime bank

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको छ । यस परिप्रेक्षमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता समेत अर्थमन्त्री डा. खतिवडाले गर्नेछन् । भ्रमणका क्रममा खतिवडाले एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल गर्नेछन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपाल समेत सहभागी छन् । अर्थमन्त्री खतिवडा कात्तिक ६ गते स्वदेश फर्किनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC