site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महाअभियोगको प्रसंगमा ट्रम्पले सहयोग गर्नुपर्ने पक्षमा बहुसंख्यक अमेरिकीः सर्भेक्षण
Ghorahi CementGhorahi Cement

न्यूयोर्क । अमेरिकामा गरिएको एक सर्भेक्षणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको अनुसन्धान टोलीलाई ट्रम्पले सहयोग गर्नुपर्ने पक्षमा बहुसंख्यक अमेरिकीले धारणा राखेका छन् । 

२ हजार ४ सय ९५ मानिसमा अक्टोबर ८ देखि ११ सम्म सीबीएस न्यूज र यु गभले गरेको पोलका क्रममा ६३ प्रतिशतले राष्ट्रपति ट्रम्पले महाअभियोगमा सघाउनुपर्ने जनाएका छन् । ३७ प्रतिशतले भने विपक्षमा आफ्नो धारणा राखेका छन् ।

Agni Group

यसैगरी ५३ प्रतिशतले डेमोक्र्याटको निर्णयलाई स्वीकार गरेका छन् भने ४६ प्रतिशतले अस्वीकार गरेका छन् । यसैगरी ६९ प्रतिशतले सो मामिलामा आफूहरुले निकै ध्यान दिएको बताएका छन् भने ५७ प्रतिशतले ट्रम्पले गरेको जस्तो व्यवहार अन्य अमेरिकी अधिकारीहरुले विगतमा नगरेको जनाएका छन् ।

१० जनामा ६ जना (करिब ६१ प्रतिशतले) राष्ट्रपतिले चुनावको प्रसंगमा अर्को राष्ट्रसँग मागेको सहयोगलाई अस्वीकार गरेका छन् भने युक्रेनको मामिलामा उनीहरुले सुनेअनुसार महाअभियोग लगाउनु पर्छ कि पर्दैन भन्ने प्रसंगमा ३८ प्रतिशतले महाअभियोग लगाउनु आवश्यक नभएको जनाएका छन् । त्यस्तै, २० प्रतिशतले अहिले नै चाँडो हुने बताएका छन् । ४२ प्रतिशतले भने उनलाई कार्यालयबाट हटाउनुपर्ने जनाएका छन् । 

Global Ime bank

(न्यूजविक)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC