site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अभियोग पुष्टि भए सांसद साहलाई १० वर्ष कैद हुनसक्ने
Sarbottam CementSarbottam Cement

जनकपुर । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड तथा कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा काठमाडौंमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई मंगलबारै जनकपुर ल्याइँदैछ । 

सोमबार जनकपुर विमानस्थलमा ११ः४० बजे आउनुपर्ने विमान डेढ बजेसम्म नआएको र यसमा कर्मचारीको लापरवाही रहेको भन्दै आक्रोसमा आएका सांसद साहले तोडफोड तथा कर्मचारीलाई दुर्व्यवहार गरेका थिए । पछि सोही जहाज चढेर काठमाडौं पुगेका सांसद साह मंगलबार ओखलढुंगा जाने क्रममा काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक उड्डयन कार्यालय, जनकपुरले दिएको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतको अनुमति लिएर मंगलबार काठमाडौं पठाएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले विमानस्थलबाटै साहलाई पक्राउ गरेको हो । सर्लाहीको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामै पठाउन लागिएको धनुषाका एसपी शेखर खनालले बताए । 

खनालका अनुसार जनकपुर आइपुग्ने बित्तिकै जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने योजना छ । जाहेरी अनुसारको घटनामा संलग्न देखिए सांसद साहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने खनालले बताए । उनका अनुसार साह विरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ मा उल्लेखित प्रावधानलाई टेकेर नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC