site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आलम पक्राउको विरोधमा कांग्रेसले कुनै आन्दोलन गरेको छैनः रौतहट सभापति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले प्रतिनिधिसभा सदस्य (सांसद)  मोहम्मद अफताव आलम पक्राउको विरोधमा पार्टीले जिल्लामा कुनै प्रकारको आन्दोलन नगरेको दाबी गरेका छन् ।  
बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद आलमलाई प्रहरीले पक्राउ गरेपछि आइतबार भने विरोधमा नाराबाजी गरेको उनले स्वीकार गरे ।

आलमलाई प्रहरीले आइतबार बिहान रौतहटको राजपुर नगरपालिकाको इद्रिस चोकबाट पक्राउ गरेपछि कांग्रेसका नेता–कार्यकर्ताहरुले रिहाईको माग गर्दै नारावाजी गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, सोमबार भने कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताहरु सांसद आलमको रिहाईको माग गर्दै आन्दोलनमा नगएका जिल्ला सभापति यादवले दाबी गरे । बाह्रखरीसँगको टेलिफोन कुराकानीमा उनले भने, “आज (सोमबार) पार्टीको कुनै आन्दोलन कार्यक्रम छैन । हामी संयमित छौं । आ–आफ्नो घरमा बसिरहेका छौं ।”

उनले कांग्रेसले कानुनी राज्यमा विश्वास राख्ने भन्दै सांसद आलमलाई जोडिएको घटनाको निष्पक्ष छानविन गरिनुपर्ने माग गरे । सभापति यादवले कांग्रेससँग प्रतिशोध साँध्न सांसद आलमलाई पक्राउ गरेकोसमेत दाबी गरे । “यो धेरै पुरानो मुद्दा हो । हामी सुनिरहेका छौं, सरकारले रिभेन्जका रुपमा लिएको छ,” उनले भने, “कांग्रेसको मनोबल गिराउन उसले अलमलाई पक्राउ गरेको हो ।”
यो पनि पढ्नुस्

Global Ime bank

विस्फोटका घाइतेलाई इँटा भट्टीमा हालेर जलाइयो, जाहेरी दिनेकोसमेत गोली हानी हत्या 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC