site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
२६ वर्ष सेवा गरेँ, भाइको घरमा सामान राख्छु त्यसपछि कहाँ जान्छु थाहा छैन 
Sarbottam CementSarbottam Cement

२६ वर्ष सेवाअवधि पूरा गरेर डा. गोविन्द केसीले सोमबारबाट अवकास लिएका छन् । उनले अवकास लिएकै दिनमा पत्रकार सम्मेलन गरेर ६ बुँदे मागहरु अघि सारेका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेदेखि १७ औं पटकको सत्याग्रह थाल्ने बताएका छन् । उनै केसीले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरेको पत्रकार सम्मेलनका क्रममा पत्रकारहरुसँग केही औपचारिक र अनौपचारिक कुराकानी गरे ।
प्रस्तुत छ, डा. केसीले पत्रकारहरुसँग गरेको कुराकानीको सम्पादित अंशः

सधैं चिकित्सा शिक्षाका विषयमा मात्रै कुराकानी हुन्थ्यो, प्रश्न पनि त्यस्तै सोध्थ्यौं, तर आज जिवनका अन्य विषयमा पनि सोध्छौं, अब के गर्नुहुन्छ ?

मेरो जिवन भनेको खाली किताब हो । मेरो निजी जिवन भन्ने नै छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

म मेरो डाक्टर पेसालाई निरन्तरता दिन्छु । मैलै अहिलेसम्म केही दिन सकेको छैन तर मैले काम गरेको संस्था त्रिवि शिक्षण अस्पताल, समाजबाट केही पाएको छु, त्यसका लागि सम्पूर्णमा आभारी छु ।

तपाईंले गर्नुभएको सत्याग्रहबाट मेडिकल क्षेत्रमा धेरै सुधारकाका कामहरु भएका छन् । तर पनि केही दिन सकिएन भन्दै हुनुहुन्छ किन ?

Global Ime bank

मलाई आफुले चिकित्सा शिक्षा सुधारका लागि राखेको माग पूरा नभएर भन्दा पनि, खै मलाई त्यस्तो केही नगरेजस्तो महसुस हुन्छ । वास्तवमा अझै पनि धेरै काम गर्न बाँकी छ एक चिकित्सकका रुपमा, एक शिक्षकको हैसियतले र एक नेपाली नागरिकको रुपमा । आजबाट ६३ वर्ष पूरा भएर ६४ वर्षमा प्रवेश गरेको छु ।
अहिलेसम्म कुनै पनि काम गर्न सकेको छैन जस्तो लाग्छ । जति दिन बाँच्छु, सेवाकै लागि कोशिस गर्छु ।

तपाईंले आफ्नो माग पूरा गर्न कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिनुभएको छ । माग पूरा नभए १७ औँ सत्याग्रहसहितको आन्दोलन कात्तिक १३ गते देशका जुनसुकै कुनामा भन्नुभएको छ । कहाँ पुगेर सुरु गर्नुहुन्छ ?

म जहाँ गए पनि पत्रकार साथीहरु भइहाल्नु  हुन्छ । किन आएको भनेर सोध्नुहुन्छ मैलै भनि हाल्नुपर्छ । तपाईँहरुले पनि जानकारी पाउनुहुनेछ ।

तपाईंलाई सानो हुँदा डाक्टर नै बन्छु भन्ने लागेको थियो ?

म स्कुल पढ्दा डाक्टर बन्छु भनेर सोचेको थिइन । मैलै पढ्नुपर्छ भन्ने मात्र लाग्थ्यो ।

अहिलेसम्म तपाईंले सेवा गरे पनि सम्पत्ति केही छैन भन्नुहुन्छ  । अब कसरी अघि बढ्नुहुन्छ त ?

म आफ्नो पेसालाई निरन्तरता दिन्छु नै त्यसबाहेक के गर्छु भनेर अहिले निर्णय लिएको छैन । 

जहाँ कुनै कुराको अन्त्य हुन्छ, त्यहिँबाट नयाँ कुराको सुरु पनि हुन्छ भन्छन् नि !

लामो हासो ...., मान्छेहरु भन्छन् तर म मा त्यो लागु भएन । म अवकास भए पनि म डाक्टर हुँ । म आफ्नो पेसालाई निरन्तरता दिन्छु यही नै मेरो सौभाग्य हो जस्तो लाग्छ । 

चिकित्सक हुँदै गर्दा यो क्षेत्र सुधारका लागि सरकारसँग यसरी लड्छु जस्तो लागेको थियो कि थिएन ?

मैलै सोचेको थिइन । तर एक हेल्थ प्रोफेसर चाहिँ बन्छु भन्ने थियो । देशका अति दुर्गम जुन कम गएको पनि तीनपटकसम्म पुगेको छु । मैले चिकित्सा सेवा सुरु गरेको करिब ३० देखि ३५ वर्षको अन्तरालमा धेरै कुरा देखेँ । गाउँमा के छ र सहरमा के छ । गाउँँको आर्थिक, स्वास्थ्य र शिक्षाको अवस्थाको बारेमा नजिकबाट नियाल्न पाएँ । विकसित देशदेखि लिएर कम विकसित देशमा गएर अध्ययन र तालिमहरु लिएको छु । त्यहाँको स्वास्थ्य र शिक्षा सेवा र हाम्रो देशको स्वास्थ्य र शिक्षा के छ त्यो देख्दा मन साह्रै रुन्छ, त्यसले गर्दा पनि म लडेको हुँ ।

आजदेखि अवकास लिँदै हुनुहुन्छ । आवास गृह छाडेपछि कहाँ बस्नुहुन्छ ?

अब भाइको घरमा सामान राख्छु । त्यसपछि कहाँ जान्छु थाहा छैन ।

बिहे गर्नुभएको छैन । गरेको भए आफ्नो परिवार हुन्थ्यो भन्ने लाग्दैन ?

हासो... । अहिले म ६४ वर्षको भए यदि मेरो विहे भएको भए नातीको बिहे गर्ने बेला हुन्थ्यो होला । मैलै बिहेको विषयलाई कहिलै गम्भीर रुपमा लिइन । अब म झनै स्वतन्त्र भएँ ।

तपाईंको प्रेरणाको स्रोत कोही हुनुहुन्थ्यो ?

मेरो प्रेरणाको स्रोत त्यस्तो कोही छैनन् । मभन्दा  वरिष्ठ चिकित्सकहरु र युवा पुस्ताका चिकित्सकहरु मेरो लागि आदर्श व्यक्ति हो । सबै मानिसहरुबाट पाठ सिकिन्छ, प्रेरणा लिन पनि सकिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC