site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राज्यले शक्तिको भाषामात्र बुझ्ने गर्दा समाजमा अशान्ति बढ्छ । लोकतन्त्रमा राज्यले कमजोरका पनि कुरा सुन्नुपर्ने हो तर शासकहरूको संस्कार लोकतान्त्रिक नहुँदा लोकतान्त्रिक भनिएकै देशहरूमा पनि बलको बोलीमात्र सुन्ने गरिन्छ । नेपाल पनि अपवाद बन्न सकेको छैन । काठमाडौंमा सडक ठप्प पारेर आन्दोलन नगर्दासम्म सरकारले कसैको माग सम्बोधन गरेको घटना बिरलै भेटिन्छ । बैतडीको सदरमुकाममा  गत भदौ २२ गतेदेखि झुलाघाटमा पक्की पुल निर्माणको माग गरेर थालिएको रिले अनशनको अहिलेसम्म सम्बोधन नहुनु यही संवेदनहीनताको उदाहरण हो । 

नेपाल र भारत सीमामा पक्की पुल बनाउन स्थानीय प्रयासबाट मात्र सम्भव हुँदैन । यसैले पनि प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । सीमामा पक्की पुल भएमा यातायात सुविधा सहज हुन्छ । भरपर्दो यातायात सुविधाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । झुलाघाटमा पक्की पुल निर्माणको माग गर्नेहरूले बुझेको सामान्य सत्य यही हो । झुलाघाटमा पक्की पुलको माग गर्न विभिन्न उपायहरू अपनाउँदा पनि सुनवाइ नभएपछि उनीहरूले ‘रिले अनशन’ थालेका रहेछन् । रिले अनशन थालेको पनि महिना दिन भइसक्यो तर उनीहरूसँग सरकारले गम्भीरतापूर्वक संवादसम्म गरेको छैन ।  

आफ्ना माग राख्न शान्तिपूर्ण उपाय अपनाएर झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले जिम्मेवारी प्रदर्शन गरेको छ । तर, सत्याग्रहीसँग संवादसम्म पनि नगरेर सरकार भने गैरजिम्मेवार देखिएको छ । नेपाली समाज लोकतन्त्रीकरणको प्रारम्भिक चरणमा छ । अहिले समाज र शासनले लोकतान्त्रिक मूल्य मान्यताहरूको सम्मान गर्ने अभ्यास गरेमा त्यही परम्परा बस्नेछ । यसविपरीत शान्तिपूर्ण आन्दोलनहरूलाई बेवास्ता गर्ने बानी बस्यो भने लोकतान्त्रिक मूल्य मान्यताहरूको जग कमजोर हुनेछ । झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिसँग तत्काल संवाद गरेर सरकारले शान्तिपूर्ण आन्दोलनको साख पनि कायम गर्न सक्छ । ‘बन्दुकको नालबाट मात्र शक्ति आउँछ’ भन्ने धङधङी छाडेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले तत्काल बैतडीका अनशनकारीहरूसँग संवाद गरोस् । कम्युनिस्ट भए पनि चुनावबाट सत्तामा पुगेका हुनाले लोकतान्त्रिक अभ्यासको अपेक्षा त यो सरकारबाट पनि गर्न पाइन्छ नि ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC