site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विश्व बैंकको प्रक्षेपणः आर्थिक वृद्धिदरमा दक्षिण एशिया पछाडि तर बंगलादेश र नेपाल अगाडि
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रको सुस्त गतिको प्रभाव दक्षिण एशियामा पनि परेको जनाएको छ । जसका कारण दक्षिण एशिया सर्वाधिक आर्थिक वृद्धिदर रहेको क्षेत्र अब नभएको पनि देखिएको छ ।

बैंकले सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत र सम्भावित आर्थिक वृद्धिदरभन्दा कम रहेको देखिएको जनाएको छ । विश्व बैंकले सन् २०१९ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर भने पूर्वअनुमानभन्दा १.१ प्रतिशतले घटेर ५.९ प्रतिशत कायम हुने बताएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण एशिया यस अवधिमा पूर्वी एशिया तथा प्रशान्त क्षेत्रभन्दा पछि परेको हो । आर्थिक वृद्धिको हिसाबमा दक्षिण एशियामा भने बंगलादेश शीर्षस्थानमा रहेको छ ।

विश्व बैंकका अनुसार यसवर्ष नेपाल र बंगलादेशको आर्थिक वृद्धिदर सन्तोषजनक हुने प्रक्षेपण गरिएको छ । सो प्रक्षेपणमा बंगलादेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर २०१९ मा ८.१ प्रतिशत हुने जनाइएको छ । सन् २०१८ मा बंगलादेशको ७.९ प्रतिशत जीडीपी रहेको थियो । नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण बैंकको छ ।

Global Ime bank

प्रतिवेदनका अनुसार नेपाल र बंगलादेशबाहेक अन्य देश पछिल्लो ५ वर्षको औसतभन्दा कम रहेको देखिएको छ । ती देशको आर्थिक वृद्धिदर आगामी वर्षको प्रक्षेपित दरभन्दा कम छन् ।

नेपालमा यो आर्थिक वर्ष र आगामी वर्षको औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत कायम रहने छ । पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने बताइएको छ । यसैगरी सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरलाई निकै सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।

सन् २०१९ मा बंगलादेश र नेपालपछि भारतको वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलंकाको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैंकको छ ।

प्रतिवेदनमा सन् २०२० मा ६.४ कायम हुने नेपालको आर्थिक वृद्धिदर २०२१ मा सामान्य रुपमा बढेर ६.५ पुग्ने अनुमान गरिएको छ । सन् २०२० मा भने दक्षिण एशियामा भुटानले सबै देशलाई उछिन्ने बताइएको छ । अर्को वर्ष भारतले सबैलाई पछि पार्ने विश्व बैंकको आकलन छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC