site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी आत्महत्याको दरमा वृद्धि,  फ्रेन्च सरकार अन्योलमा 
Ghorahi CementGhorahi Cement

पेरिस । केही समय अघि तीनजना दंगा प्रहरी, एक जना प्रहरी कमान्डर र एक प्रहरी एकेडेमीका शिक्षकसहित आठजना प्रहरी अधिकारीले आत्महत्या गरे । यससँगै सन् २०१९ मा आत्महत्या गर्ने प्रहरीको संख्या ६४ पुगेको छ र यो दिनानुदिन यो क्रम बढ्दो छ । 

ड्युटीका क्रममा मृत्यु हुने प्रहरीको संख्याभन्दा आत्महत्याबाट ज्यान गुमाउने प्रहरीको संख्या बढ्दोक्रममा छ । "जनताको सेवा र संरक्षण गर्ने प्रहरीलाई नै सुरक्षा आवश्यक भएको छ," प्रहरी युनियनले भन्यो, "यस समस्यालाई समाधान गर्न तत्कालन थप सहयोगको आवश्यक रहेको छ ।"

यसरी आत्महत्या गर्न प्रहरीमा फ्रान्सका सबै ठाउँबाट प्रतिनिधित्व गर्छन् र सबै उमेरसमूहका छन् । जसमा विवाह भएर बच्चा भइसकेका प्रहरी अधिकारी छन् । पछिल्लो समय बुधबार आत्महत्या गर्नेमा दक्षिणपूर्वी फ्रान्सस्थित एर्डेक क्षेत्रका हुन् । किन यसरी प्रहरीहरुले आत्महत्या गरिरहेका छन् भन्‍ने प्रश्नको जवाफमा प्रहरी युनियनले 'शान्ति व्यवस्था कायम गर्न कठिन' भएको बताएको छ भने फ्रान्स अधिकारीहरुले भने यसको जवाफ दिन सकेका छैनन् ।

Agni Group

जुलाईमा सार्वजनिक गरिएको संसदीय अनुसन्धान प्रतिवेदनले आत्महत्याका विभिन्न कारणहरु भएको बताएको छ । जसमा तनाव र परिवारसँग छुट्टिएर बस्नु पर्ने बाध्यता, सन् २०१५ को जनवरीबाट सुरु भएको आतंककारी हमलाकाक्रममा कामको अत्यधिक बोझ, अत्यधिक हिंसा, एलो भेस्ट मुभमेन्टद्वारा थप आर्थिक तथा सामाजिक न्यायको माग गर्दै नोभेम्बरदेखि सुरू भएको सरकार विरोधी आन्दोलनलगायतका कारण रहेको उल्लेख छ । तर, प्रतिवेदनले कुनै यही नै कारण भनेर किटान भने गरेको छैन । 

"आजको अवस्था हेर्ने हो सन् २०१९ विगत २० वर्षयताकै सबभन्दा खराब वर्ष रह्यो," अल्टरनेटिभ पुलिस सीएफडीटीका प्रमुख डेनिस ज्याकोबले भने । 

Global Ime bank

गत वर्षको संसदको प्रतिवेदन अनुसार फ्रान्सको जनसंख्याको तुलनामा फ्रान्स प्रहरीको आत्महत्याको दर ३६ प्रतिशत बढी छ । तर, आत्महत्याको कुनै कारण भने सार्वजनिक गरिएको छैन । 

जनस्वास्थ्य समस्या समाधान गर्न नसक्दा आत्महत्या बढेको गत अप्रिलमा बताएका आन्तरिक मन्त्री क्रिस्टोफर कास्टनरले अहिलेसम्म यसको समाधानका लागि कुनै पहल भएको छैन । प्रहरीको आत्महत्या दरमा वृद्धि अतिरिक्त कामको दबाबले मात्र नभएको र व्यक्तिगत समस्याका कारणले मात्रै पनि नभएको बताएका थिए । 
राष्ट्रिय प्रहरी निर्देशक इरिक मोर्भनले सबै अधिकारीहरुलाई केही समस्या भएमा बिना कुनै डर खु आएर कुराकानी गर्न प्रोत्साहित गर्नुका साथै केही तनाव र चिन्ता भएका छलफल गर्न सबैलाई पत्र पठाएका थिए ।  

विभिन्न हिंसात्मक गतिविधिसँग जुध्ने क्रममा मनोवैज्ञानिक आघात पनि आत्महत्याको कारक हुनसक्ने संसदले सार्वजनिक गरेको प्रतिवेदनमा प्रहरीतर्फका मनोवैज्ञानिक कथरिन पिनसनले सुझाएका छन् । उनका अनुसार १०-१५ कारकहरुले तिव्र संकट निम्त्याउने र आत्महत्या गर्न सक्ने बताएका छन् । 

अर्की मनोवैज्ञानिक अमिलाइ पुउक्से संसदीय जाँच समितिलाई बताए अनुसार सम्भावित आतंकवादी आक्रमणमा प्रहरीले गर्नुपर्ने उच्च निगरानीले तनाव बढाउँछ र जसले गर्दा उनीहरु घरमा रहँदासमेत बर्बराउने, अलमलमा पर्ने हुन्छन् । 

सन् २०१६ मा पश्चिमी पेरिसस्थित म्यागननभिलेमा सानो बच्चाको अगाडि एक प्रहरी दम्पत्तिमाथि गरिएको ज्यान लिने गरी भएको आक्रमणले प्रहरी अधिकारी र उनीहरुका परिवारमा नराम्रो गरी प्रभाव पारेक थियो । उक्त घटनापछि धेरैले जागिरबाट राजीनामा, सरुवा र सेवा परिवर्तन गरेका थिए । 

राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका अनुसन्धान निर्देशक सेबसटाइन रोचेले प्रहरी अधिकारीको आत्महत्याको कारणबारे कुनै अध्ययन भएका छैनन् र यसले पार्ने प्रभाव मूल्यांकन र जोगिने उपायका सम्बन्धमा कुनै कुनै अध्ययनहरु नभएको बताए । उनले आन्तरिक मन्त्रालयको यही नै सबभन्दा ठूलो कमजोरी भएको बताए । 

उनी यसको मुल समस्या पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसटी) भएको भन्ने विश्वास गर्दैनन् । सन् २०१५ को जनवरीदेखि नोभेम्बरसम्म भएको इस्लामिक स्टेटले गरेको आक्रमणपछि फ्रान्समा आत्महत्या बढेको उनले बताए । उक्त आक्रमणमा १३० जनाले ज्यान गुमाएका थिए । 

"उनीहरुको मिसनले अर्थ राख्छ," उनले टेलिफोनमार्फत भने, "जनसंख्याका हिसाबमा त्यो महत्वपूर्ण संख्या हो ।" फ्रान्सेलीहरुले सन् २०१५ को उक्त घटनामा प्रहरीलाई 'हिरो' को रुपमा सम्मान गरेका थिए । तर, जब सरकारविरोधी सुरु भएको एलो भेस्ट मुभमेन्टमा प्रहरीले जुन भूमिका खेल्यो त्यसपछि प्रहरीको साख गिर्दै गएको पाइन्छ । 

जबकी एउटा बिन्दुमा पुगेर एलो भेस्टका आन्दोलनकारीहरुले आत्महत्याको तरंग ल्याए र प्रहरीलक्षित गर्दै उनीहरुले 'आफैंलाई मार', 'आफैंलाई मार !' भन्‍ने नारासमेत लगाए । 

प्रहरीको आत्महत्या विश्वभरका मुलुकमा भए पनि फ्रान्समा यो दर उच्च छ । अमेरिकामा प्रहरीको संख्या फ्रान्सकोभन्दा पाँच गुणा बढी छ । प्रहरी आत्महत्याको नियन्त्रणमा काम गरिरहेको मासाचुसेट्सस्थि ब्लू हेल्पले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २‍०१८ मा १६७ जना प्रहरीले आत्महत्या गरेका थिए भने यस वर्ष १११ जना आत्महत्या गरेका छन् । 

युरोपीयन मुलुक इटालीमा फ्रान्सकोभन्दा कम जनसंख्या छ । त्यहाँ यस वर्ष ३१ प्रहरीले आत्महत्या गरेका छन् भने सन् २०१५ देखि सन् २०१७ सम्म २१ देखि २३ जनाले आत्महत्या गर्ने गरेका छन् । 

संसदीय जाँच समितिको प्रतिवेदन अनुसार सन् २०१८ को डिसेम्बरसम्म २३ हजार घण्टा बिना तलब काम गरेको पाइएयो । जाँचका क्रममा अर्को फ्रान्स प्रहरीमा उपकरण अभाव, जीर्ण प्रहरी चौकी र सुत्ने कोठामा पनि नभएको पाइएको थियो । अनुसन्धानका क्रममा पाँच जना प्रहरी अधिकारीहरु एकै कोठामा कोचिएर बस्नुपर्ने र केही प्रहरी अधिकारीले त कारमै सुत्नुपर्ने बाध्यता रहेको पाइएको थियो । 

सेप्टेम्बरदेखि २४/७ मनोवैज्ञानिक परामर्श सञ्‍चालन गरिने जनाइएको छ । हटलाइन सञ्‍चालनमा भए पनि मनोवैज्ञानिक ज्याकोबका विचारमा टेलिफोन सेवाले मात्रै आत्महत्याको दर नरोक्ने बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC