site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
  केपीका ‘साथी’, प्रचण्डका ‘सहयात्री’ र माधव नेपालको ‘जय नेपाल’ ! 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ०३३ सालदेखि कोजाग्रत पुर्णिमाको दिन पारेर गर्दै आएको चियापान यसवर्ष पनि आयोजना गरेको छ ।  बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरेको चियापान कांग्रेसले प्रत्येक वर्ष गर्दै आएको छ । दशैंतिहार र छठको अवसर पारेर कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा अन्य राजनीतिक दल, सरकार कुटनीतिक नियोग, विभिन्न संघ संस्था र समाजका विभिन्न तहलाई चियापानमा निम्त्याउने गरेको छ । चियापानमा अन्य राजनीतिक दलका नेता, कार्यकर्ताका साथै कांग्रेस कार्यकर्ताको उपस्थिति थियो ।

कसले के भने ?

चियापानमा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुसँग शुभकामना साटासाट गरे । लगत्तै कांग्रेस प्रवक्ता शर्माले बोल्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।  ओलीले नेपालमा चियापानको संस्कारले दलहरुबीच तिक्तता हुँदा मेटाउन समेत काम गरेको भन्दै कांग्रेस चियापानको प्रशंसा गरे । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा. रामशरण महत आफ्नो ४५ वर्ष अघिदेखिको साथी रहेको बताए । सभापति देउवासँग त सँगै जेल बसेको समेत बताए ।

Agni Group

लोकतन्त्र र प्रजातन्त्र स्थापनाको आन्दोलनमा कांग्रेससँग सहकार्य गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सम्बन्ध राम्रो हुने विश्वास व्यक्त गरे । “लोकतन्त्रको आधारभूत मूल्य मान्यतामा तलमाथी पर्न नदिने हामी सबैको साझा कर्तव्य हुन आउँछ । त्यसकारण हाम्रो सम्बन्ध राम्रो छ । सम्बन्ध बिग्रयो भने पनि यस्ता चाडहरुले सम्बन्धलाई सुमधुर बनाउँछ,” उनले भने, “म निम्ता मान्न आएपछि सम्बन्ध नराम्रो भए पनि राम्रो हुन्थ्यो । अहिले त सम्बन्ध राम्रो छ, थप सुदृढ हुन्छ ।”

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चियापानको शुरुवात कांग्रेसबाटै भएको भन्दै अहिले चियापान तथा शुभकामना आदान प्रदान राष्ट्रिय राजनीतिक संस्कृति नै बनेको बताए । शान्ति प्रकृयाको चर्चा गर्दै उनले कांग्रेस चियापानमा आउँदा सहयात्रीहरुबीचमा आएजस्तो लाग्ने बताए । कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको पनि उनले स्मरण गरे ।

Global Ime bank

“तपाईंहरुका बीचमा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको अनुभूति हुन्छ । हेर्दै जाउँ आगामी दिनमा राजनीतिले कसरी कोल्टे फेर्छ,” उनले भने ।  त्यस्तै, नेकपाका अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले कांग्रेसका राम्रा कुरा कम्युनिष्टले र कम्युनिष्टका राम्रा कुरा कांग्रेसले सिक्नुपर्ने बताए । दशैं, तिहार र छठको शुभकामना दिँदै उनले अन्तिममा ‘जय नेपाल’ भन्दै बिदा मागेका थिए । नेता नेपालले जय नेपाल भन्दा कांग्रेस कार्यकर्ताहरुले ताली बजाएका थिए । 

अर्का पूर्वप्रधानमन्त्री भट्टराईले देशको जेठो लोकतान्त्रिक पार्टी कांग्रेस रहेको र निर्वाचनमासमेत आफुले सहकार्य गरेको स्मरण गरे । उनले लोकतन्त्रको रक्षार्थ कांग्रेससँग सहकार्य गर्ने पनि बताए । 

शशांक, गगन र विश्वप्रकाशसँग ‘सेल्फी क्रेज’

कांग्रेस महामन्त्री शशांक कोइरालालाई पहिरनमा ध्यान नदिने नेताका रुपमा कांग्रेसभित्रै लिने गरिन्छ । सरल स्वभावका कोइराला सामान्य पहिरनमै पनि कार्यक्रमहरुमा पुगिदिन्छन् । तर, सोमबारको चियापानमा भने शशांक फरक रुपमा थिए, दौरा सुरुवाल, कोट र टोपीमा । कांग्रेस कार्यालय परिसरमा कतिपय खासखुस गर्दै थिए, ‘आज त शशांकलाई बीपीजस्तै पो देखियो !’ चियापानबाट पाहुनाहरु फर्केपछि कार्यकर्ताहरु नेतासँग तस्बिर लिन थाले । शशांक पनि कार्यकर्तासँग तस्बिर खिचाउन निक्कै व्यस्त देखिन्थे । 

महामन्त्री कोइराला, नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्मासँग कार्यकर्ता फोटो खिचाउन बढी झुम्मिए । 

चुस्त व्यवस्थापन, बोल्न ‘पोडियम’

कांग्रेसको चियापान समारोह अघिल्ला वर्षभन्दा थप व्यवस्थापनमा ध्यान दिएको देखिन्थ्यो । कांग्रेसले आयोजना गर्ने चियापान पनि भद्रगोल हुने गरेको भए पनि चियापान समारोह व्यवस्थित देखिन्थ्यो । शीर्ष नेताहरु स्वागतका लागि बस्न मञ्च बनाइएको थियो । भित्र प्रवेश गर्ने गेटदेखिनै कांग्रेस केन्द्रीय सदस्यहरु लामबद्ध थिए ।
उनीहरुले चियापानमा आउने सबैलाई लाइनमै बसेर स्वागत गरे ।  शीर्ष नेताहरु बस्ने दायाँतर्फ सञ्चारमाध्यमका लागि मञ्च बनाइएको थियो । 

यसवर्ष भने चियापानमा आएका शीर्ष नेताहरुलाई बोल्नका लागि ‘पोडियम’कै व्यवस्था गरिएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल, राजपाका संयोजक महन्थ ठाकुरसम्मले पोडियमबाटै शुभकामना व्यक्त गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC