site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा प्रतिवर्ष तीन लाख बढी महिलाले गर्छन् गर्भपतन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा प्रतिवर्ष तीन लाखभन्दा बढी महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार वार्षिक तीन लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेका छन् ।  जसमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कले देखाएको हो । 

नेपालमा कुल मातृ मृत्युमध्ये सात प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४८ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यताको बारेमा जानकारी नै नरहेको महाशाखाको तथ्याङ्कले देखाएको छ । महाशाखाका निर्देशक डा. भिकसिंह तिंकरीले असुरक्षित गर्भपतन मातृ मृत्यु गराउने चारवटा मुख्य कारणहरुमध्ये एक रहेको बताए । उनले भने, “४१ प्रतिशतले मात्र सुरक्षित गर्भपतनको बारेमा कानुनी जानकारी पाएका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षित गर्भपतन सेवाको अभावमा महिलाले घरमै असुरक्षित गर्भपतन गराउँदा ज्यानै गुमाउनु परेको परिवार कल्याण महाशाखा प्रमुख कविता अर्याल बताउँछिन् । “गर्भपतन गर्नेमध्ये किशोरीको संख्या बढ्दा चिन्ताको विषय समेत बनेको छ,” उनले भनिन्, “असुरक्षित गर्भपतनले जटिल स्वास्थ्य समस्या समेत निम्त्याउने गरेको देखिन्छ ।”

परिवार कल्याण महाशाखा, योजना शाखाका तथ्यांक अधिकृत पुष्कर बिजुक्छे असुरक्षित गर्भपतनका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताउछन् । उनले भने, “कम उमेरौे गर्भपतनको दर उच्च हुनुले मातृ मृत्युदर घटाउने लक्ष्यमा ठूलो समस्या निमत्याउछ ।” अप्रत्याशित रुपमा बढिरहेको गर्भपतनले नेपालको मातृ मृत्युदर घटाउने लक्ष्यमा चुनौती थपिँदै गएको विज्ञहरु बताउछन् । 

Global Ime bank

त्यसैगरी, जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा प्रजनन उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये १७ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखाएको छ ।  विश्वमा प्रत्येक वर्ष दुई करोड ५० लाख महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन गराउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । 
प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुने गरेको संगठनले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC