site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्वहरुको शुभकामना दिन मोरङ कांग्रेसको चियापान 
Ghorahi CementGhorahi Cement

विराटनगर । मोरङ कांग्रेसको आयोजनामा कोजाग्रत पूर्णिमाका दिन आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । दशैं, तिहार, छठलगायत पर्वहरुको शुभकामना दिन कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीले कांग्रेस तत्कालीन संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले शुरु गरेको चियापानले विशेष महत्व राखेको चर्चा गरे ।

नेता अर्यालले देशलाई प्रजातान्त्रिक आन्दोलनमार्फत जनअधिकार स्थापित गराउने नेता तथा जननायकका रुपमा चिनिएका बीपीले बसालेको संस्कारले अहिलेसम्म निरन्तरता पाएको सुनाए । भने,‘‘देशले आन्दोलनका विभिन्न आरोह अवरोध पार गरे पनि कांग्रेसले बसालेको यो संस्कारले निरन्तरता पाएको छ ।’’ नेता अर्यालले चाडबाडको सन्दर्भ पारेर गरिने यस्ता कार्यक्रमले आपसीभाइचारा तथा सहअस्तित्व कायम गराउन मद्दत पुग्ने चर्चा गरे ।

Agni Group

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेस नयाँ शिराबाट उठ्नै लागेको अवस्थामा चियापानले विशेष महत्व राखेको बताउँदै भने,‘‘केन्द्रमा मात्र मनाउने गरिएको यस्तो कार्यक्रम जिल्लामा समेत हुन थालेको छ । यसले एक आपसमा शुभकामना दिन सम्बन्धलाई अझ सुधार गर्न सहयोग पुग्ने छ ।’’ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कांग्रेस र नेकपा संविधान निर्माणमा संगसंगै हिंडेको तर अहिले आवधिक निर्वाचनबाट मात्र एउटा सरकारमा र अर्को प्रतिपक्षमा रहेको बताए । भने,‘‘तर, गणतान्त्रिक संविधान कार्यान्वयन गराउने जिम्मेवारी दुबैको काँधमा छ ।’’

प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्कीले कांग्रेसले लोकतान्त्रिक आन्दोलनको सदैव अगुवाई गरेको र देशलाई विकासतर्फ लग्ने अभिभारा पनि अब उसैले लिनुपर्ने बताए ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपालीहरुमाझ सबै पर्वको उत्तिकै महत्व रहेको चर्चा गरे ।  उनले आपसी भातृत्वका लागि पनि कांग्रेसको चियापान जिल्ला तहमा हुनु महत्वपूर्ण भएको बताए । 

Global Ime bank

कांग्रेस सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको कार्यक्रमका अन्य वक्ताले चाडपर्वको अवसरमा सबैले मनको तुष फालेर अघि बढ्नु पर्ने बताएका थिए ।  कांग्रेस जिल्ला पार्टी कार्यालय परिसरमा भएको कार्यक्रममा कांग्रेस कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिन्थ्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC