site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला टि–ट्वान्टी वरीयतामा नेपालको स्थान सुधार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टि–ट्वान्टी क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ ।  आईसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो ।

नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५ औँ स्थानमा रहेको थियो । नेपालले १७ खेलबाट १२८ रेटिङ अंक पाएको छ । वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । त्यस्तै दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा न्युजिल्यान्ड छन् । टि–ट्वान्टी महिला खेलाडीको वरीयतामा भने नेपालका दुई खेलाडी अटाउन सफल भएका छन् । जसमा सीता राना मगर र नेरी थापा छन् । उप–कप्तान सीता अलराउण्डरतर्फ ५८ औँ स्थानमा रहन सफल भएकी छन् । ब्याटिङतर्फ सीता ८३ औं स्थानमा रहेकी छिन् । बलिङतर्फ नेरी थापा ९२ औँ स्थानमा रहेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC