site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आज महत्वपूर्ण भेटघाट, समझदारीमा हस्ताक्षर हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल भ्रमणको दोस्रो दिन चीनका राष्ट्रपति सी जिनपिङले आज १० बजेपछि प्रधानमन्त्री केपी शर्मासँग दुईपक्षीय मामिलामा भेटघाटको कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार उनी आजै स्वदेश प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली करिब १० बजेतिर होटल सोल्टीमा पुग्नेछन् । दुईपक्षीय भेटपछि दुई देशका अधिकारीहरुबीच विभिन्न विषयमा समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको सम्मानमा शनिबार राति आयोजना गरेको रात्रीभोजका क्रममा सीले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित बन्न चीनले सघाउने बताएका थिए ।
उनले सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरुङ मार्ग निर्माणका लागि चीन प्रतिबद्ध रहेको समेत जनाएका थिए । रेलमार्गको बारेमा अध्ययन गरिने संकेत चीनले दिएको छ भने सुरुङ्ग मार्गका लागि पनि सहयोगको वचन दिएको छ । त्यसैगरी अन्य केही समझदारीमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । आफूले विभिन्न महत्वपूर्ण विषयमा आज प्रधानमन्त्री ओलीसँग कुरा गर्ने चीनका राष्ट्रपतिले शनिबार साँझको सम्बोधनका क्रममा बताएका थिए ।

सो अवसरमा नेपालका राष्ट्रपति भण्डारीले पनि नेपाली जनता चीनसँग रेलबाट जोडिन चाहेको भनेर चिनियाँ राष्ट्रपतिलाई झकझकाउने प्रयास गरेकी थिइन् ।

राष्ट्रपति सीले शनिबार राष्ट्रपति भण्डारीसँग दुईपक्षीय कुराकानी गरेका थिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए । त्यसपछि उनी रात्रिभोजमा सहभागी भएका थिए । आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सीको कुराकानी होटल सोल्टीमा नै हुने कार्यक्रम छ । आजको औपचारिक कार्यक्रम दुईवटा मात्रै छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC