site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
 स्वागत छ राष्ट्रपति सी ! 
Sarbottam CementSarbottam Cement

नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी चिनपिङको भव्य स्वागतका लागि काठमाडौंका मुख्य सडकहरू भव्यरूपमा सिंगारिएका छन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी स्वयंले विमानस्थलमै पुगेर राष्ट्रपति सीको स्वागत गर्ने कार्यक्रम छ । नेपालले देखाउने हार्दिकता यस्तै हो । सहरमा बनाइएको स्वागत द्वारको भव्यता वा संख्याले हैन नेपाली पक्षले देखाउने हार्दिकता र विश्वासले चिनियाँ मित्रहरूको मन जित्नसक्छ । चीनका राष्ट्रपति आउँदा संसारको ध्यान स्वाभाविकरूपमा काठमाडौंमा केन्द्रित हुन्छ । नेपालका शासकहरू अलिकति पनि चुके भने संसारभर तत्तकालै गलत सन्देश जानेछ । यसैले समयको पालना लगायतमा सबैले विशेष ध्यान दिऊन् । नेपालका सबै राजनीतिक शक्तिहरूको चीनप्रति सद्भाव रहिआएको छ । सरकारप्रतिको रिस मित्रहरूमाथि पोख्नु आत्मघाती मूर्खता हुन्छ भन्ने विपक्षले पनि हृदयंगम गर्नुपर्छ । चीनसँगको मित्रता नेपालको राष्ट्रिय हितका लागि अमूल्य छ । कसैले पनि चीनसँगको मित्रतालाई सहयोगका सम्झौतामा आधारमा आकलन गर्नु हुँदैन । सहयोगको अंकसँग चिनियाँ सद्भावको तुलनै हुनसक्तैन । नेपाली पक्षले महत्त्वाकांक्षीभन्दा व्यावहारिक भएर सहयोगका सम्भावनालाई हेर्नुपर्छ । चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएको छ । आशा गरौँ, अब नेपाल यसरी ओझेलमा पर्नेछैन । 

सत्तारुढ दलका नेताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चीनसँग विशेष निकटता देखाउने होडबाजीमा लागेका छन् । चीनको सहयोग र राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपाल कम्युनिस्ट पार्टीको विशेष उपलब्धिका रूपमा प्रचार गर्न थालिएको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी सत्तामा भएकाले राष्ट्रपति सी भ्रमण र सहयोग भएको भ्रम फैलाउनु नेपालका लागि मात्र हैन चीनकै लागि पनि प्रत्युत्पादक हुनेदेखिन्छ । अहिलेसम्म नेपालमा चीनप्रति सबै राजनीतिक दल र समूहको विश्वास र सद्भाव रहेको देखिएको छ । चीन सरकार नेपाल कम्युनिस्ट पार्टीसँग मात्र निकट भएको सन्देश दिइँदा गैरकम्युनिस्टहरू झस्किन सक्छन् भने चीन पनि विवादमा पर्न सक्छ । नेपालको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय परिस्थितिले राष्ट्रपति सीको भ्रमणको साइत अहिले जुरेको हो । यसैले राष्ट्रपति सीको भ्रमणको श्रेयको पगरी गुथ्न खोज्नु लज्जास्पद मूर्खता हुनेछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति सी भारत भ्रमण सकेर नेपाल आएका हुन् । चीन र भारतका सरकार प्रमुखहरूबीच नेपालका सम्बन्धमा पनि छलफल भएको हुनसक्छ । छलफलमात्र हैन विगतमा नेपाली भूभागको प्रयोगका सम्बन्धमा चीन र भारतबीच सम्झौता भएको उदाहरण समेत छ । नेपाली भूभागको प्रयोग सम्बन्धमा नेपालकै उपस्थितिविना सम्झौता गरिनु सामान्य कूटनीतिक त्रुटिमात्र अवश्य पनि होइन । यस्तो आपत्तिजनक अभ्यासको स्पष्ट प्रतिवाद नहुने हो भने नेपालको सार्वभौमसत्ताको उपेक्षा हुने परम्परा स्थापित हुनसक्छ । तर, भारतबाट आएका समाचारहरूमा दुवै सरकारका प्रमुखहरूको वार्ता ‘आतंक र कट्टरतावाद’को नियन्त्रणमा केन्द्रित भएको जनाइएको छ । यसैले स्पष्ट उदाहरण नदेखिँँदासम्म राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालको अहित हुने विषयमा कुनै सहमति वा मोलतोल भयो होला भनेर लख काट्नु उचित पनि हुँदैन । कुनै अमूर्त विषय उठाएर सरकारलाई शंकाको घेरामा पार्न खोज्नु राष्ट्रको हितका हुँदैन । यद्यपि, आफ्नो अहित नहोस् भनेर चनाखो हुनुपर्ने त नेपालीले नै हो । 

मित्रराष्ट्र चीनका राष्ट्रपति सीलाई हार्दिक स्वागत तथा अभिवादन ! 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC