site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सी- मोदी साढे ५ घण्टा वान अन वान वार्ता, मोदीले भने- दुई देशबीच सहयोगको नयाँ युग सुरु
Sarbottam CementSarbottam Cement

महाबलीपुरम । चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाबलीपुरममा करिब साढे पाँच घण्टा वान अन वान वार्ता भएको छ । दुई दिनमा विभिन्न चरणमा यी वार्ता भएका हुन् । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दे भारतका प्रधानमन्त्री मोदीले भारत—चीन सम्बन्धमा सहयोगको नयाँ युग सुरु भएको जनाउँदै यसमा चेन्नई जोडिएको जनाए । 

प्रतिनिधिमण्डल सहितको दोस्रो दिन शनिबारको वार्तापछि मोदीले भारत र चीन गएका २००० वर्षमा विश्वकै आर्थिक शक्ति भएको र फेरि त्यही दिशामा फर्किरहेको बारेमा नोट गरिएको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वुहानमा गएको वर्ष भएको बैठकले दुई पक्षबीच विश्वासको नयाँ वातावरण सिर्जना भएको जनाउँदै मोदीले सहयोगको नयाँ युग आज ‘चेन्नई कनेक्ट’ बाट सुरु भएको जनाएका छन् । उनले पहिलो शिखर सम्मेलनपछि रणनीतिक विषयमा दुई देशबीच सम्पर्क बढेको उल्लेख गर्दै दुई देशले बुद्धिमतापूर्वक मतभेदहरु व्यवस्थापन गर्ने र त्यसलाई विवादको रुपमा अघि बढ्न नदिने निर्णय गरेको समेत जनाएका छन् । 

मोदीले दुवै पक्ष आआफ्नो चासोका बारेमा संवेदनशील रहेकोसमेत जनाएका छन् । प्रतिनिधिमण्डलस्तरको भेटघाट अघि आज पनि मोदी र सी बीच एक घण्टा वान अन वान वार्ता भएको जनाइएको छ । 
(टाइम्स अफ इण्डिया)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC