site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभः सांसद बस्नेत
Ghorahi CementGhorahi Cement

काठमाडौं । सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । 

सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने भनाइ राखे ।  

Agni Group

उनले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको बताउँदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने जिकिर गरे । उनले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनसमेत एकैसाथ हस्तान्तरण गरे । 

गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि रु दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC