site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र कलाकार संघको टीका कार्यक्रम सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले दसैंको अवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुक्रबार राजधानीमा भएको कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका तथा जमरा लगाई दिएका थिए ।

कार्यक्रममा मोहन निरौला, चेतबहादुर सिंह, हरिहर शर्मा, कृष्ण मल्ल, आकाश अधिकारी, लक्ष्मी गिरीलगायतले संघले दसैंको अवसरमा कलाकारहरुलाई एकठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुआत हुनु राम्रो काम भन्दै संघको प्रशंसा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा मदुकुमार श्रेष्ठ, सानु ताम्राकार, सुनिल कटुवाल  टीका पहाडी, आरपी पन्त, आनन्द कार्की, सीताराम पोखरेल, सञ्चारकर्मी र कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा टीका सहित संघ स्थापनाको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ सहित दक्षिणा पनि दिएको थियो भने संघका कोषाधक्ष्य सुनिल कटुवालले ३१ रुपैयाँलाई ३१ सय बनाइ चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुआत गरेका थिए । कलाकारहरुले उक्त ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए । ३५ हजार भन्दा बडी रकम संकलन भएको संघका अध्यक्ष खड्काले जानकारी दिए ।  

Global Ime bank

अग्रज कलाकारको सम्मान स्वरुप आफूले टीका ग्रहण तथा सुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको अध्यक्ष खड्काको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC