site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
नेपालको भविष्य पानीमा

उपभोग्य वस्तुको माग र प्रयोग निकै बढिरहेको छ । यसको एउटा उदाहरण हो– पानी । पानी जीवनका लागि एकदमै महत्त्वपूर्ण वस्तु हो र विश्वमा अहिले पनि पानीको खोजीमा दिन बिताउनेहरूको संख्या निकै ठूलो छ । पृथ्वीको ७१.५ प्रतिशत भूभाग पानीले ओगटे पनि अहिले पानीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ ।

अफ्रिकाको सब–सहारा क्षेत्रमा पानीको अभावले दिनहुँ धेरैले ज्यान गुमाउनु परेको छ । विशेषगरी केन्या, कंगो, चाड, मडागस्कर, सोमालिया, इथियोपिया, रूवान्डा, सेनेगल र दक्षिण सुडानलगायतका अफ्रिकी मुलुक यसको चपेटामा छन् । त्यसो त पानीको समस्या विश्वभरि नै बढिरहेको छ । बिस्तारै यो समस्या विश्वव्यापी चिन्ता र चासोको विषय बन्दै छ । गरम हावापानी र मरुभूमिमय रहेका अफ्रिकी मुलुकहरूमा भने ‘पानी’ को तीर्खा अन्यत्रको तुलनामा निकै जटिल बन्दै गएको छ । त्यसो त एसियाली मुलुकमा समेत पानीको मात्रा घट्दै छ ।

गत वर्ष भारतको महाराष्ट्र राज्यमा पानीको हाहाकार मच्चिएको थियो र पानीको अभावमा सयौंको मृत्यु भएको थियो । नेपालका खोलानालामा पनि बूढापाकाहरू भन्छन्, पहिलेजस्तो पानी छैन । पश्चिमी पहाडका डडेलधुरा, डोटी आदि जिल्लाको चूरे इलाकामा पानीको अभावका कारण बसाइसराइ बढ्दै गएको समाचार सञ्चारमाध्यममा आइरहेको छ ।  

Agni Group

पानीको अभावसँग सम्बन्धित केही यस्ता तथ्यहरू छन्, जुन सबैले जानिराख्नु आवश्यक छ । पृथ्वीका लगभग २५ करोड़ मानिसले पानीको दैनिक उपभोग गर्न पाएका छैनन् । एउटा अनुसन्धानअनुसार सन् २०२५ को अन्त्यसँगै विश्वको आधा जनसंख्याले पानीको अभाव भोग्नुपर्नेछ । सन् २००६ मा संयुक्त राष्ट्र संघले गरेको एक अध्ययनबाट पृथ्वीमा सबैका लागि पर्याप्त पानी भएको निष्कर्ष निस्के पनि यसको उचित व्यवस्थापन नभएका कारण अहिले पानीको हाहाकार मच्चिएको छ ।

पानीको उच्च माग र कम आपूर्ति– यी दुबै समस्या उस्तै देखिए पनि भिन्नाभिन्नै हुन् । बढिरहेको जनसंख्या र घटिरहेको पर्यावरण सन्तुलन यस समस्याका मूल जड हुन् । पानीको सही र पर्याप्त उपभोग हुने हो भने मानव जीवनस्तरमा सुधार हुँदै जान्छ । उदाहरणका लागि पानीको सही उपभोग र पर्याप्तताले शिक्षा र स्वास्थ्यमा सुधार हुन्छ भने भोकमरी र गरिबी कम हुँदै जान्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, शुद्ध पानी प्राप्त भयो भने करोडौं बालबालिका बर्सेनी हुने झाडापखालाबाट जोगिन्छन् । 

Global Ime bank

पानीको मात्रा कम हुँदै जानुका कारण धेरै छन् । यस्ता कारणमा बढ्दो जनसंख्या, प्रयोगमा हेलचेक््रयाइँ, सामाजिक–राजनीतिक स्थिति, जलवायु परिवर्तन इत्यादि प्रमुख छन् ।

नेपाल जलस्रोतमा सम्पन्न राष्ट्र भए पनि कूल जनसंख्याको करिब ८० प्रतिशतले मात्र शुद्ध खानेपानीको उपभोग गर्न पाएका छन् । करिब ७० प्रतिशत जनसंख्या अझै पनि खोलानालाको पानीमा निर्भर छन्, जसका कारण बर्सेनी ४४ हजार बालबालिकाले पानीबाट सर्ने रोगका कारण ज्यान गुमाइरहेका छन् ।  नेपालमा जलविद्युत् विकासको मनग्य सम्भावना छ, तर यसका लागि हामीलाई ठूलो लगानी आवश्यक हुन्छ । 

विश्वमा पानीको हाहाकार कति बढिसक्यो भने अब आउने केही वर्षपछि पेट्रोलजस्तै पानीको मोल पनि उच्च हुनेछ । यही स्तरमा पानीको मात्रा काम हुँदै जाने हो भने पानी डलरमा बिक्री हुन धेरै समय लाग्दैन ।

आउने दिनमा पानीका लागि विश्वयुद्ध हुँदैन भन्न सकिँदैन । हामीले अहिलेदेखि नै शुद्ध पिउने पानीको संरक्षण गरेमा केही समयपछि विश्व बजारमा पानी बेच्न सक्नेछांै । हामीसँग भएको पानीको सम्भावनालाई सदुपयोग गरेमा अहिले खाड़ी राष्ट्रले पेट्रोलियम पदार्थको आड़मा आफ्नो अर्थतन्त्र बलियो बनाएझैं हामीले पनि आउने केही वर्षपछि पानी निर्यात गरी अर्थतन्त्रमा सुधार ल्याउन सक्छौँ । 

नेपालसँग छिमेकी राष्ट्रहरूले सम्बन्ध गाँस्न खोजेको एउटा कारण हामी जलस्रोतमा सम्पन्न राष्ट्र भएकाले पनि हो । हामीसँग भएको प्राकृतिक सम्पदामा हाम्रा छिमेकीले आँखा लगाउनु अगाडि नै यी स्रोत र साधनको सही सदुपयोग गरेमा आर्थिक हिसाबले पनि सम्पन्न हुन कुनै समय लाग्दैन ।  अहिले हामी पेट्रोलियम पदार्थका लागि अन्य मुलुकमाथि निर्भर भएझैं कुनै दिन पानीका लागि विश्वका धरै राष्ट्र नेपालमाथि निर्भर रहनु पर्नेछ ।

Twitter: @adhikari_dai

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७३  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC