site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप छनोटमा नेपाल अस्ट्रेलियासँग खेल्दै, यस्तो हुनसक्छ प्लेइङ–११ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार अस्ट्रेलियासँग खेल्दैछ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोलीसँग खेल्न लागेको हो । 

अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुँदैछ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको एशियाली छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियाको होममा खेल्न लागेको हो । 

एसियन च्याम्पियन अस्ट्रेलियासँग भने नेपालले अहिलेसम्म सिनियर स्तरमा खेलेको छैन । यसअघि विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

जितको लक्ष्यसहित अस्ट्रेलिया जान लागेको टोलीको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ । टोलीको गोलकिपरमा किरणसँगै विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रन्जित धिमाल, सुमन अर्याल छन् । 

मिडफिल्डमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई छन् । स्टाइकरमा विमल घर्तीमगरसँगै अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । 

Global Ime bank

नेपालले अस्ट्रेलियापछि असोज २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । यता नेपाल रहेको समूह बीको अंकतालिकामा कुवेत शीर्ष स्थानमा रहेको छ । दुई खेलबाट नेपालविरुद्ध जित निकाल्दै गोलअन्तरका आधारमा कुवेत अस्ट्रेलिया अगाडि रहेको हो । अस्ट्रेलियाले भने कुवेतलाई ३–० गोलले हराएको थियो । समूहको तेस्रो स्थानमा रहेको जोर्डनको ३ अंक छ । उसले चाइनिज ताइपेइलाई २–१ ले हराएको हो । 

समूहको पाँचौं स्थानमा नेपाल रहँदा सबै खेल गुमाएको चाइनिज ताइपेइ पुछारमा छ । 

यस्तो छ सम्भावित प्लेइङ ११

प्रशिक्षक योहान कोलिनले चाइनिज ताइपेइविरुद्ध जित निकालेको टोलीलाई नै खेलाउने सम्भावना रहेको छ । किरण चेमजोङ, रञ्जित धिमाल, देवेन्द्र तामाङ, दिनेश राजवंशी, अनन्त तामाङ, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, विशाल राई, रवि पासवान, विमल घर्तीमगर 

प्रशिक्षकः योहान कोलिन 
फर्मेसनः ४–५–१

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC