site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालले लामो समयसम्म अरूको अहित नगर्ने र आफ्नो हितमा दृढ रहने परराष्ट्र नीति अवलम्बन गर्दै आएको थियो । विदेश नीतिमा प्रयोग हुने ‘असंलग्न’ भनिने शब्दको अर्थ मुलुकपिच्छे बेग्लै छ । नेपालका हकमा भने मूलतः राष्ट्रिय हितको रक्षा र अरूको मामिलामा तटस्थ रहने नीतिलाई असंलग्न भनियो । बेलाबखतको व्यवधान छाड्ने हो भने बीपी कोइरालाले सुरु गरेको यही नीतिलाई राजा महेन्द्रले निरन्तरता दिए । पञ्चायतको पछिल्लो दिनमा यदाकदा देखिएको एउटा मित्रराष्ट्रविरुद्ध अर्कोलाई प्रयोग गर्ने प्रयास र आन्तरिक मामिलामा पनि सम्झौता गर्ने अभ्यासलाई छाड्ने हो भने आफ्नो हितमा दृढ रहने र अरूको अहित नगर्ने नीतिलाई नै निरन्तरता दिइएको हो । पहिलो जनआन्दोलनपछि पनि यही नीति निरन्तर रह्यो । दोस्रो जनआन्दोलनपछि पनि नेपालको विदेश नीतिमा उल्लेखनीय परिवर्तन भएन । बेलाबखत थपिने विशेषणहरू पनि पुरानै नीतिको सेरोफेरोमा रहे । 

नेपाल कम्युनिस्ट पार्टीका दुई घटक एमाले र माओवादी मिलेर संसदीय निर्वाचनमा बहुमत ल्याएपछि भने सत्तारुढ दलका नेताहरूको स्वर केही चर्को हुन थालेको छ । सायद, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको अमेरिकी सहयोगप्रति कम्युनिस्टहरूले देखाएको अरुचि पनि यसैको उदाहरण हो । यति नै बेला देखाइएको चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) प्रतिको अतिउत्साह र एमसीसीप्रतिको उदासीनता हेर्दा कम्युनिस्ट पूर्वाग्रह सजिलै देख्न सकिन्छ । सम्भवतः एमसीसीअन्तर्गतको सहयोगलाई इन्डोप्यासिफिकको अंग ठानेर कम्युनिस्टहरू बढी हिचकिचाएको हुनसक्छ । एमसीसीको सहयोग नलिए चीन खुसी हुन्छ भन्ने ठानिएको पनि हुनसक्छ । यद्यपि, पछिल्ला दिनमा अर्थ मन्त्रालयले एमसीसीअन्तर्गतको सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संसद्ले अनुमोदन गर्नुपर्ने एवं नेपाल र भारतमा कार्यान्वयन हुने परियोजनाका लागि भारतको सहमति चाहिने बुँदाका कारण एमसीसीअन्र्तगतको सहयोग लिन आलटाल गरिएको पनि हुनसक्छ । संसद्ले अनुमोदन गर्नुपर्ने बुँदामा पनि सरकारले अप्ठेरो मान्नुपर्ने अवस्था थिएन । प्रमुख विपक्षले एमसीसीअन्तर्गतको यो सहयोगको समर्थन गरी सकेको छ । विद्युत् प्रसारण लाइन दुवै देशमा बनाएमात्र योजनाको उद्देश्य पूरा हुने हुँदा भारतको सहमति खोजिनुलाई पनि अन्यथा अर्थमा लिनु जरुरी देखिँदैन । विद्युत् व्यापार गर्ने हो भने नेपाल भारतबीच सहमति हुनैपर्छ । अमेरिकी राजदूतले पछिल्ला दिन एमसीसी सहयोगमा सामरिक स्वार्थ नजोडिएको पटक पटक स्पष्ट पारेका छन् । यसैले एमसीसीको सहयोगलाई बीआरआईको विकल्प वा प्रतिस्पर्धी ठान्नु बुद्धिमानी हैन । सामरिक स्वार्थ जोडिने हो भने त एमसीसीमात्र हैन बीआरआई पनि नेपालका लागि स्वीकार्य हुँदैन ।

कुनै मुलुकको सामरिक स्वार्थमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन तर कसैको सहयोग लिन वा दिन अर्को मुलुकको मुख हेर्नु उचित हुँदैन । नेपाल सरकारको अलमलले अमेरिकाको चित्त दुख्ने र चीनले गाल पाउने अवस्था उत्पन्न हुन नदिन सरकार संवेदनशील होस् । बीआरआईका सम्बन्धमा त चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणमा पक्कै प्रगति हुनेछ नै । एमसीसीप्रति पनि सरकार सकारात्मक रहेको जति छिटो स्पष्ट पार्न सकिन्छ यति नेपालकै हित हुनेछ । नेपालमा पूर्वाधार विकास विशेषगरी विद्युत् प्रसारण र सडक सुधार आयोजनामा करिब ५५ अर्ब रुपियाँ निःसर्त सहयोग दिनु अमेरिकाको सदाशय हो । नेपालको विकासमा आधा शताब्दीभन्दा पुरानो अमेरिकी सहयोग निरन्तर राख्न पनि नेपाल सरकारका तर्फबाट सद्भाव प्रदर्शन आवश्यक छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताको ‘बेला न कुबेला भेनेजुयला’ प्रवृत्ति राष्ट्रिय हितमा बाधक बन्यो भने ठूलो दुर्भाग्य हुनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC